काठमाडाैं । सत्ता गठबन्धनका ५ दलबीच ७ बुँदे सहमति भएको छ ।
मंगलबार सत्ता गठबन्धनका ५ दलबीच प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लगायत ७ बुँदे सहमति भएकाे हाे ।
सहमति पत्रमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएकाे छ ।
यसअघि गत फागुन २१ गते एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे लिखित सहमति भएको थियो । गठबन्धनमा थपिएको एकीकृत समाजवादीसहित ५ दलले आज फेरि ७ बुँदे सहमति गरेका हुन् ।
५ दलबीच राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाललाई समर्थन गर्ने सहमति भएकाे छ ।
नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएकाे सहमति पत्रमा उल्लेख छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति पनि ५ दलबीच भएकाे छ ।
संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने सहमति पनि दलहरुबीच भएकाे छ ।
देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति पनि सत्ता गठबन्धनबीच भएकाे छ ।
पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएको पनि सहमति पत्रमा उल्लेख छ ।
सहमतिपत्र:
एकीकृत समाजवादी पनि गठबन्धनमा मिसिएपछि फागुन २१ मा भएकाे सहमतिमा दलहरुले केही संशाेधन समेत गरेका छन् । सात बुँदे सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष कसले पाउने भन्ने भन्ने उल्लेख गरिएकाे छैन ।
तर फागुन २१ गते ४ दलबीच भएकाे सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियाे ।
आज भएकाे ७ बुँदे सहमतिपत्रमा उल्लेख नगरिएपनि एकीकृत समाजवादीलाई राष्ट्रिय सभा उपाध्यक्ष दिने सहमति भएकाे बताइएकाे छ ।
यस्ताे थियाे फागुन २१ गते ४ दलबीच भएकाे ८ बुँदे सहमति:
Comments are closed.