सरकारले ताेक्याे गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३६५० रुपैयाँ

काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य ताेकेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० निर्धारण गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो । गत वर्ष सरकारले फागुनमा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ तोकेको थियो ।

Comments are closed.