सिद्धान्त र आदर्शलाई नागरिकको भरोसा अभिवृद्धि गर्ने दिशामा कार्यान्वयन गर्नुपर्छ : पूर्णबहादुर खड्का

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले हरेक खालका कमजोरीबाट पाठ सिक्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।

कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ को विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै खड्काले सिद्धान्त र आदर्शको सही र व्यवहारिक प्रयोग आवश्यक रहेको बताउनुभयो । ‘सिद्धान्त र आदर्शलाई नागरिकको भरोसा अभिवृद्धि गर्ने दिशामा कार्यान्वयन गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो ।

अहिलेको परिवर्तनबाट प्राप्त उपलब्धि र संविधान कार्यान्वयनको लागि सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । मुलुकको समृद्धिको लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

Comments are closed.