काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ ।
बिहीबार बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चाेककाे तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे धक्का आसपासका जिल्लामा समेत महशुस गरिएकाे थियाे ।
यसअघि पुस १५ गते राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोककाे लिस्तिकोट केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Comments are closed.