मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिबार उक्त पार्टीनिकट ११ वटा जवस र मोर्चाहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संयोजक राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दै यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।

गत वैशाख ३१ गते राती ९ः०० बजे आफ्नै निवास स्थानबाट पक्राउ परेका अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखेको प्रति गम्भीर ध्यानाकर्षण समेत जनाएका छन् । विज्ञप्तिमा शिक्षा क्षेत्रमा भइरहेको चरम मूल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरूका विरुद्ध गृह प्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडीको रूपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट रहेको समेत बताइएको छ ।

ipic-pdf

Comments are closed.