जनकपुरधाम-— मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चैयामा १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दा १३ वटा अवैध पाइएको छ । शनिबारको अनुगमनपछि १३ अस्पताल तथा पोलिक्लिनिकहरू अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गराइएको छ ।
सिमित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक बन्द गराइको छ ।
यसैबीच, १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पूरा नगरी २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको पाइएपछि, १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार सो अस्पतालमा आवश्यक आधारभूत स्वास्थ्य सेवा, एनेस्थेसिया विशेषज्ञ तथा भेन्टिलेटर सुविधा नभएको पाइएको छ।
अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्रै छोडेर अस्पताल बन्द गरी फरार भएका थिए। सोही अस्पतालमा कार्यरत भनेर आफूलाई चिनाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार टोली अनुगमनका लागि मिर्चैया पुग्दा स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिएका आठ अस्पताल तथा पोलिक्लिनिकहरू बन्द गरेर सञ्चालकहरु फरार भएका थिए।
मुख्यमन्त्री सिँहले हालसम्म १५७ निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरिसकेका छन्। तीमध्ये १७ वटा अस्पताल मात्र मापदण्डअनुसार सञ्चालनमा रहेका पाइएका छन्। मापदण्ड पूरा नगरेका १०८ स्वास्थ संस्था बन्द गरिएका छन् भने नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गर्न निर्देशन दिइएको छ।
Trending Now
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
- प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
- नेपाल शिक्षक महासंघले गर्यो आमशैक्षिक हडतालको घोषणा, एसइईकाे कपि नजाँच्न
- Russian missile strike on Ukrainian president’s hometown: 18 dead, including 9 children, 61 injured
- खोटाङमा निर्माण ११० फिट अग्लो यलम्बरको शालिक
- वायु प्रदूषणमा सुधार नआएसम्म विद्यालय बन्द गर्न विज्ञहरूको सुझाव
Comments are closed.