Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा

Editorial Team by Editorial Team
November 30, 2025
in News, World
0
बाढीपहिरोबाट श्रीलंकामा १३२ जनाको मृत्यु, आपतकाल घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।
यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।
श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।
श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।
श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन् । राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहारा लिइएको छ ।’
मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको छ ।
सबैभन्दा प्रभावित मध्येको एक मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले एक स्थानीय मिडियासँग भनेका छन्, ‘हामी गाउँ छोड्न सक्दैनौं र कोही यहाँ आउन पनि सक्दैन, किनकि पहिरोले सडकहरू भत्किएका छन् । यहाँ खाना छैन र पिउने पानीको पनि समस्या छ ।’श्रीलंकाका प्रधानमन्त्री हारिनी अमारासूर्या कोलम्बोमा रहेका विभिन्न देशका राजदूतहरुसँग भेट्दै उनीहरूलाई देशको गम्भिर अवस्थाबारे जानकारी गराइरहेका छन् र सहयोग गर्न आग्रह गरिरहेका छन् ।
सबै कुरा अस्तव्यस्त
अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ, न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् । पानी शुद्धीकरण केन्द्रहरू समेत बाढी र डुबानबाट प्रभावित भएका छन् । धेरै क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।
यसबीच, राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डीमा पनि पहिरोले सडकहरू भत्किएको खबर छ, जसका कारण धेरै ठाउँसम्म पुग्न सम्भव छैन ।
सबैभन्दा पहिले भारतले पठायो सहयोग
श्रीलंकामा परेको विपत्तीमा भारतले सबैभन्दा पहिलो सहयोग सामग्री पठाएको छ ।दुईवटा विमान राहत सामग्री लिएर त्यहाँ पुगेका छन् भने पहिले नै कोलम्बोमा रहेको एउटा भारतीय जहाजले आफ्ना खाद्यान्न प्रभावित क्षेत्रमा उपलब्ध गराएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै थप सहयोग गर्ने आश्वासन दिएका छन् ।यसबीच दितवा तूफान शनिबार श्रीलंका पार गर्दै भारततर्फ अघि बढिरहेको छ । त्यसलाई ध्यानमा राख्दै चेन्नई विमानस्थलमा ५४ उडानहरू रद्द गरिएको छ । भारत मौसम विभागले आगामी ४८ घण्टामा भीषण वर्षा र तूफानको चेतावनी दिएको छ ।

Advertisement Banner
Previous Post

पुसभित्रै महाधिवेशन गर्न कांग्रेस सभापति देउवा तयार

Next Post

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

Editorial Team

Editorial Team

Next Post
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एनएसीको राहत, हरेक उडानका १० सिटमा १०% छुट

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

7 months ago
Kathmandu clears riverbank settlements in peaceful eviction drive

Kathmandu clears riverbank settlements in peaceful eviction drive

4 months ago

Don't Miss

Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
UML and NCP agree on power sharing in provincial governments

UML and NCP agree on power sharing in provincial governments

August 12, 2026
National Assembly meeting scheduled for today

National Assembly meeting scheduled for today

August 12, 2026
Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.