Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

निर्वाचन सुरक्षामा उपत्यकाबाट १५ हजार प्रहरी बाहिरिँदै

Editorial Team by Editorial Team
February 25, 2026
in Government, Nepal, News
0
निर्वाचन सुरक्षामा उपत्यकाबाट १५ हजार प्रहरी बाहिरिँदै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्रले देशव्यापी रुपमा विशेष सुरक्षा योजना लागू गरेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा नेपाल प्रहरीले काठमाडौं उपत्यकाबाट मात्रै १५ हजार सुरक्षाकर्मी बाहिरी जिल्लामा खटाउने तयारी गरेको छ।नेपाल प्रहरी का केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिने पुष्टि गरेका छन्। “उपत्यकाबाट १५ हजार जनशक्ति बाहिरी जिल्लामा खटाउँछौं, केही टोली खटिइसकेको छ,” उनले बताए।
प्रहरी मुख्यालयका अनुसार हालसम्म १४० जना सिनियर अफिसरहरू चुनौतीपूर्ण मानिएका जिल्लामा खटाइसकिएका छन्। तीमध्ये अधिकांश टोली तराईका जिल्लामा पठाइएको छ।विशेषगरी मधेश प्रदेश लाई सुरक्षाका दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिइएको छ। विगतका निर्वाचनमा देखिएको राजनीतिक ध्रुवीकरण, समूहगत प्रतिस्पर्धा र स्थानीय तहको तिक्तता कारण मधेशमा थप सुरक्षा बल पठाइएको प्रहरी स्रोतले जनाएको छ।प्रहरी मुख्यालयले प्रदेशगत रुपमा टोली परिचालन तालिका समेत सार्वजनिक गरेको छ। ९ फागुनमा कर्णाली र सुदूरपश्चिम, १० फागुनमा कोशी, ११ फागुनमा लुम्बिनी र १२ फागुनमा गण्डकी तथा बागमती प्रदेशका लागि थप जनशक्ति पठाइने तयारी रहेको बताइएको छ।
निर्वाचन सुरक्षाका लागि नियमित प्रहरी युनिट मात्र होइन, विशेष ब्युरोहरूबाट समेत व्यापक परिचालन भइरहेको छ।ट्राफिक प्रहरी कार्यालय,काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,लागुऔषध नियन्त्रण ब्युरो,केन्द्रीय अनुसन्धान ब्युरो,साइबर ब्युरो,मानव बेचबिखन अनुसन्धान ब्युरो जस्ता इकाइहरूबाट पनि ठूलो संख्यामा प्रहरी बाहिरी जिल्लामा खटाइँदै छन्।उपत्यकामा कार्यरत ट्राफिक प्रहरीमध्ये १० प्रतिशत जनशक्ति मात्रै राजधानीमा रहने र बाँकी सबै निर्वाचन सुरक्षामा परिचालित हुने निर्णय भएको छ। यसले निर्वाचनलाई सुरक्षा संयन्त्रले कति प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट देखाउँछ।
यसपटकको निर्वाचनमा झापा लाई सबैभन्दा बढी सुरक्षा संवेदनशील जिल्लाको रूपमा वर्गीकृत गरिएको छ। मनोनयन दर्ता लगत्तै त्यहाँ थप सुरक्षा जनशक्ति पठाइसकिएको छ।प्रहरीको आन्तरिक रिपोर्टअनुसार झापामा नयाँ र पुराना राजनीतिक दलबीच टकराव हुनसक्ने सम्भावना रहेको छ। मनोनयन दर्ताकै क्रममा धक्कामुक्की र तनावको अवस्था देखिएपछि प्रहरी थप सतर्क बनेको हो।
सुरक्षा अधिकारीहरूका अनुसार झापामा चुनावी प्रतिस्पर्धा निकै चर्को हुने आँकलन छ। विशेषगरी संगठनात्मक रूपमा बलियो मानिएका दल र नवप्रवेशी शक्तिबीच सीधा प्रतिस्पर्धा हुने भएकाले स्थिति संवेदनशील बनेको हो।
निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी बल, नेपाल ले पनि ठूलो तयारी थालेको छ।प्रधान कार्यालय हल्चोकले १ हजार ६०० जनशक्ति उपत्यका बाहिरका जिल्लामा खटाइसकेको छ। २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै बिहीबारबाट उक्त टोली बाहिर पठाइएको हो।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उक्त टोली कोशी, मधेश र गण्डकी प्रदेशमा परिचालन गरिएको छ। साथै, काठमाडौं उपत्यकाबाट थप जनशक्ति पठाउने तयारी भइरहेको छ। कहाँ कति खटाउने भन्ने अन्तिम गृहकार्य भइरहेको र एक÷दुई दिनमै थप परिचालन हुने उनले बताए।सशस्त्र प्रहरी बललाई सीमावर्ती क्षेत्र, संवेदनशील मतदान केन्द्र र उच्च जोखिमयुक्त इलाकामा विशेष जिम्मेवारी दिइने स्रोतले जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निकायहरूले अति आवश्यक बाहेकका सबै बिदा बन्द गरेका छन्। किरिया, विवाह, सुत्केरी जस्ता अत्यावश्यक बिदा बाहेक अन्य सबै प्रकारका बिदा स्थगित गरिएको छ।सुरक्षा निकायले सर्कुलर जारी गर्दै निर्वाचन अवधिमा जनशक्ति अभाव हुन नदिन यस्तो निर्णय गरिएको जनाएको छ।सुरक्षा अधिकारीहरूका अनुसार मतदानपूर्वको चरण, मनोनयन, प्रचारप्रसार, मतदान र मतगणना सबै चरण संवेदनशील हुने भएकाले कुनै पनि अवस्थामा सुरक्षामा कमजोरी नहोस् भन्ने उद्देश्यले कठोर कदम चालिएको हो।
यसपटकको निर्वाचनमा बहु–तह सुरक्षा रणनीति लागू गरिने भएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेना ब्याकअपमा रहने प्रावधान छ।सुरक्षा विश्लेषकहरूका अनुसार हालसम्मको तयारीले राज्य संयन्त्र निर्वाचनलाई शान्तिपूर्ण बनाउन गम्भीर रहेको सन्देश दिएको छ। तराई र सीमावर्ती क्षेत्रमा हुने सम्भावित गतिविधि, दलबीचको प्रतिस्पर्धा, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह र समूहगत तनावलाई मध्यनजर गर्दै साइबर निगरानी समेत बढाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न राज्य संयन्त्र पूर्णरूपमा परिचालित भएको देखिन्छ। उपत्यकाबाट १५ हजार प्रहरी बाहिरिनु, १ हजार ६०० सशस्त्र प्रहरी परिचालन हुनु, संवेदनशील जिल्ला घोषणा हुनु र बिदा बन्द गरिनुले सुरक्षामा कुनै कसर बाँकी नराख्ने संकेत दिएको छ।

Advertisement Banner
Previous Post

विकल पौडेलमाथि ६२ करोडको गैरकानुनी सम्पत्ति आर्जनको आरोप

Next Post

२४ घण्टामै डेढ करोड रकम उठेपछि साम्बाले भनिन्–सहयोग रकम रोकिदिनु

Editorial Team

Editorial Team

Next Post
२४ घण्टामै डेढ करोड रकम उठेपछि साम्बाले भनिन्–सहयोग रकम रोकिदिनु

२४ घण्टामै डेढ करोड रकम उठेपछि साम्बाले भनिन्–सहयोग रकम रोकिदिनु

Recommended

Extension of last date of ICCR Scholarship Schemes for the academic year 2022-23

4 years ago
फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.