दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ : सशस्त्र प्रहरी बल

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल-भारत सिमाना दशगजा क्षेत्रमा ३८ स्थानका ५५६ घर टहरा हटाएको छ।सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी बनाइएका घर टहरा हटाएको हो।
दुई तीन वर्ष अघिदेखि नै दशगजा खाली गराउन थालिएको सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बताए ।अहिलेसम्म १८ किलोमिटर खाली भएको छ। मानिसहरूले बीच-बीचमा घर टहरा हरू बनाएर बसेका छन्।केही स्थानमा हटाउ समेत समस्या रहेको एसपी बस्नेतले बताए। अहिले त्यस क्षेत्रमा बन्दै गरेका भौतिक संरचनासमेत नबनाउन भनिएको छ।
त्यस्तै दशगजामै पर्ने १३ बिगाहा जमिनमा खेतीपातिमा रोक लगाइएको छ ।त्यस क्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको छ।दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म एक हजार आठ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ ।
जोर अंकको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट खडा गरिएको छ । नेपाल र भारतबीच एक हजार आठ सय ८० किमी लामो सीमा छ ।
सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी उपस्थिति बढाउँदै लैजाने क्रममा पछिल्लो पटक २५ वटा सीमा सुरक्षा पोष्ट थप गरेको थियो । सीमा सुरक्षामा खटिएका युनिटको चेन अफ कमान्ड सुदृढ तुल्याउन तथा थप प्रभावकारी परिचालन गर्न ४५ वटा सीमा पोष्टलाई नायब उपरीक्षकको नेतृत्व रहने गरी सीमा सुरक्षा गुल्म स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच हुँदै आएको संयुक्त सीमा गस्तीलाई निरन्तरता दिँदै समन्वय र सहकार्यलाई थप बढाउन मैत्रीपूर्ण खेलकुद तथा समन्वय बैठकसमेत आयोजना हुँदै आएको छ ।नेपाल–भारत तथा नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भको विस्तृत विवरण जिआईएस प्रविधिद्वारा एपीएफ बोडर पिलर म्यानेज्मेन्ट सिस्टम राख्ने कार्य भइरहेको पनि प्रवक्ता खड्काले बताए । राज्यको भरपर्दो सुरक्षा निकायका रुपमा कानुनी व्यवस्था कायम राख्न मानवअधिकारको सम्मान गर्दै शान्तिसुरक्षा तथा सुव्यवस्थाका लागि बल अहोरात्र खटिरहेको सङ्गठनले जनाएको छ ।

Comments are closed.