Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नेपाली पर्या साहित्य प्रतिष्ठान कार्यसमिति गठन

Editorial Team by Editorial Team
November 20, 2025
in Literature, Nepal, News
0
विजय हितानको अध्यक्षतामा १७ सदस्यीय नेपाली पर्या साहित्य प्रतिष्ठान कार्यसमिति गठन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली पर्या साहित्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन भएको छ । गत साता भर्चुअल माध्यमबाट बसेको बैठकले संरक्षक र सल्लाहकारसहित विजय हितानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । बैठकमा प्रतिष्ठानको उद्देश्य, आगामी योजना र कार्यदिशामाथि छलफल गरिएको थियो । नेपाल, भारत, हङकङ र बेलायतमा बसोबास गर्दै आएका प्राज्ञ, समालोचक, प्राध्यापक, शिक्षक, कवि, वातावरण अभियन्ता, संरक्षणकर्मी, पत्रकार, साहित्यकार, गीतकार र प्रकृतिप्रेमीहरू यस समितिमा आबद्ध छन् । पदाधिकारीहरूको अनुभव, ज्ञान र पेसागत विविधताले यस समितिलाई सशक्त बनाएको बैठकमा उल्लेख गरिएको थियो ।

नेपाली पर्या साहित्य प्रतिष्ठानको स्थापना घोषणा ०८० मा सम्पन्न आठौँ वातावरण साहित्य गोष्ठीमा गरिएको थियो । दुई वर्षपछि औपचारिक समिति गठन हुन गएको हो । करिब एक दशकदेखि स्वयंसेवी समूहको रूपमा सञ्चालन हुँदै आएको यो अभियान अहिले आएर मूर्त स्वरूप लिन सफल भएको हो । प्रतिष्ठानको मूल उद्देश्य पर्यावरणीय लेखन (इको–राइटिङ) लाई प्रोत्साहन गर्दै यसको आवश्यकता र महत्त्वबारे लेखकहरूलाई जागरुक बनाउनु हो । साहित्यको माध्यमबाट पृथ्वीमा देखिँदै आएका वातावरणीय समस्या, तिनका कारण र सम्भावित समाधानबारे जनचेतना फैलाउनु तथा समग्रमा पृथ्वीको पर्यावरण संरक्षणमा योगदान पुर्‍याउनु नै यसको प्रमुख उद्देश्य हो ।

संस्थाका अध्यक्ष विजय हितानले भने, ‘स्थापनाको घोषणा भएको दुई वर्षपछि लामो अभ्यास र तयारीपछि बल्ल हामीले औपचारिक टिम गठन गर्न सफल भएका छौँ । प्रतिष्ठानको उद्देश्यलाई व्यवहारमा उतार्न सबै सदस्यहरूको सहकार्य अपरिहार्य छ ।’ प्रतिष्ठानले आगामी वर्षहरूमा वातावरण साहित्य गोष्ठीको शृंखलालाई निरन्तरता दिने, पर्या साहित्यका कथा, कविता, उपन्यास, सिद्धान्त र नियात्राका पुस्तकहरू प्रकाशन गर्ने, नयाँ लेखकहरूलाई पर्या साहित्यमा प्रोत्साहन गर्नेछ भने वातावरण संरक्षणका गतिविधिहरूमा अन्य संस्थाहरूसँग सहकार्य गर्ने योजना पनि बनाएको छ । ०८२ जेठमा दसाैँ वातावरण साहित्य गोष्ठी आयोजना गरिएको थियो ।

Advertisement Banner
Previous Post

फेरी पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित: अब शनिबार बस्ने

Next Post

बाराको सिमरा आज पनि अशान्त

Editorial Team

Editorial Team

Next Post
बाराको सिमरा आज पनि अशान्त

बाराको सिमरा आज पनि अशान्त

Recommended

Nepal: Lapsed life insurance policies rise while surrender numbers decline

India allows 100% foreign investment in insurance, with possible spillover effects for Nepal

4 months ago
वीरगञ्जमा जारी कर्फ्यू थप लम्बियो

वीरगञ्जमा जारी कर्फ्यू थप लम्बियो

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.