Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

Editorial Team by Editorial Team
January 2, 2026
in Literature, Nepal, News
0
स्रष्टा समाजको १९औं वार्षिकोत्सव : आत्मपरक निबन्ध गोष्ठी सम्पन्न
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर – नेपाल स्रष्टा समाजको १९औं वार्षिकोत्सवका अवसरमा आयोजित तीन दिवसिय कार्यक्रमको अन्तिम दिन अर्थात् तेस्रो दिन आज आत्मपरक निबन्ध गोष्ठीको आयोजना गरिएको छ । समाजको आयोजना र लिटिल एन्जल स्कुलको सहआयोजनामा विद्यालयको सभाहल हात्तिवन ललितपुरमा निबन्ध गोष्ठीको आयोजना गरिएको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्व र वरिष्ठ साहित्यकार प्रा.डा. माधव प्रसाद पोख्रेलको विशेष आतिथ्यतामा सो गोष्ठी सम्पन्न गरियो । गोष्ठीमा वरिष्ठ कवि मञ्जुल, निबन्धकार प्रमोद प्रधान, लिटिल एन्जल स्कूलका प्रिन्सिपल मुकुन्द शर्मा, टिप्पणीकार डा. जीवराज बस्यालको आतिथ्यता रह्यो ।
गोष्ठीमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले समभाव, प्रा.डा. ज्ञानु पाण्डेले विरोधाभाषको मिठो तनाव, डा. रजनी ढकालले पृथक पाइला, पृथक अनुभूति, डा. चेतनाथ कणेलले मनभित्रको अन्योल, मञ्जुलले ती पाकिस्तानी ड्राइभर, ज्ञानु अधिकारीले देशभित्रको एउटा डायस्पोरा शीर्षकका निबन्ध वाचन गरेर सुनाए । यसैगरी ज्ञानेन्द्र विवशले नभेटिएको भेट, श्रीबाबु कार्कीले जिन्दगी किरिङमिरिङ एट द रेट याहु डटकम, मनशाग्निले कविता, भीष्म उप्रेतीले लेखनका कुरा, रञ्जना निरौलाले प्रेमको शिविरबाट , भागवत खनालले किन लेख्नु हुन्छ ?, खगराज बरालले कुखुरी काँ, विष्णुबहादुर जिसीले पहिलो पटक हिमाल टेक्दा, बोधराज पौडेलले लुप्त मनले उदाएको तृष्णा, मुकुन्द शर्माले हातको शोभा उपहार शीर्षकका निबन्ध वाचन गरे ।
डा. जीवराज बस्यालले वाचित १६ जना नै निबन्धकारका निबन्ध रचनामाथि संक्षेपमा चर्चा गरे । निबन्धको विश्व इतिहास केलाउँदै निजात्मक निबन्ध आत्मतत्वको कारणले बन्ने उनले बताए ।
प्रमुख अतिथि प्रा.डा. माधव प्रसाद पोख्रेलले निबन्ध हेपिएको विधा रहेको भन्दै महेन्द्रनगरमा र सिसासले आयोजना गरेको २०४२ सालतिर दुई वटा निबन्ध गोष्ठी थाहा पाएको बताए । पछिल्लो चरणमा दुई वर्ष अघि नेपाल स्रष्टा समाजले नै आयोजना गरेको र अहिले आयोजना गरेको दुई वटा निबन्ध गोष्ठी अनुभव गर्न पाएको उनले बताए । निबन्ध लेखन र परिचर्चा पनि शुरु भएको भन्दै उनले खुशी व्यक्त गरे ।
निबन्धकार प्रमोद प्रधानले आधुनिक नेपाली निबन्धको वृहद् चर्चा गरे । निबन्ध लेखनको शुरुवातमै लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछानेजस्ता विशिष्ट निबन्धकारहरु आएकोले त्यसपछिका साहित्यकारहरु निबन्ध लेख्न हच्किएको उनको भनाइ छ । उनले वाचित निबन्धको बारेमा पनि विश्लेषणात्मक चर्चा गरे ।
कृष्णचन्द्रसिंह प्रधानको सतवार्षिकी पनि परेकोले कार्यक्रममा उनको सम्झना गरियो । कार्यक्रम समापन गर्दै सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले प्रधानसँगको सहकार्यका प्रशङ्गहरुको चर्चा गरे ।
प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा आयोजकका तर्फबाट समाजकी सदस्य रञ्जना निरौलाले र सहआयोजकको तर्फबाट विद्यालयका प्रिन्सिपल मुकुन्द शर्माले हभागीहरुलाई स्वागत गरेका थिए ।
समाजले १९औं वार्षिकोत्सवको अवसर पारेर पुस १५ गते बसुन्धारामा युवा कवि गोष्ठी, पुस १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिकोत्सव, स्रष्टा सम्मान र पुस्तक विमोचन तथा पुस १७ गते हात्तिवन, ललितपुरमा आत्मपरक निबन्ध गोष्ठीको आयोजना गर्यो ।

Advertisement Banner
Previous Post

विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताए

Next Post

२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय

Editorial Team

Editorial Team

Next Post
२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय

२५ वर्षमुनिका ७५ जना नयाँ लेखकका रचना प्रकाशन गर्दै नेपालय

Recommended

तोडियो सुनकोशी–मरिण आयोजनामा बाँध ठेक्का : वर्षौँको समय खेर, उपलब्धि शून्य

तोडियो सुनकोशी–मरिण आयोजनामा बाँध ठेक्का : वर्षौँको समय खेर, उपलब्धि शून्य

3 months ago

जापान भ्रमणमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि सम्बन्धी छलफल

2 months ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.