Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश

यी दुवै पूर्वमन्त्रीहर केपी ओलीकै मन्त्रिपरिषदमा मन्त्री थिए

Editorial Team by Editorial Team
January 19, 2026
in Nepal, News, Politics
0
जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– जनता समाजवादी पार्टी र जनता समाजवादी नेपालका १-१ जना पूर्वमन्त्री नेकपा एमाले प्रवेश गरेका छन् । यी दुवै पूर्वमन्त्रीहर केपी ओलीकै मन्त्रिपरिषदमा मन्त्री थिए ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई र जसपाबाट उपेन्द्र यादवको जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव एमाले प्रदेश गरेका हुन् ।

मोहम्मद इश्तियाक राई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मजफोको उम्मेदवार भएर बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि २०६८ सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री बने । २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री भए ।

प्रदीप यादव गएको भदौमा जेन-जी आन्दोलनले अपदस्थ गरेको ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए । पदबाट हटाइऊदा उनी अशोक राईको जसपामै थिए । आन्दोलनपछि यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्य थिए ।

ओलीले राईलाई बाँके २ बाट उम्मेदवार बनाउन लागेको बताइएको छ । एमालेले यहाँ कसैलाई टिकट दिएको छैन र अध्यक्षले टुंग्याउने गरी होल्ड राखेको छ । अघिल्लो चुनाबमा यही क्षेत्रमा जसपा नेपालका उम्मेदवार रहेका राई राप्रपाका धवलसमशेर राणासँग हारेका थिए ।

यस्तै प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् । स्रोतका अनुसार ओलीले टिकट दिने वचन पनि दिइसकेका छन् । अघिल्लो चुनाबमा यादवले यही क्षेत्रमाट चुनाब जितेका थिए ।

Advertisement Banner
Previous Post

एनआरएनए एकता महाधिवेशन मार्चमा

Next Post

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

Editorial Team

Editorial Team

Next Post
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

Recommended

Urvashi Rautela Steals the Spotlight in a ₹5.1 Million Power Outfit

Urvashi Rautela Steals the Spotlight in a ₹5.1 Million Power Outfit

7 months ago
PM Sushila Karki initiates efforts to resolve health insurance payment crisis

PM Sushila Karki initiates efforts to resolve health insurance payment crisis

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.