राष्ट्रिय कविता महोत्सवका लागि २५ जना कवि छनोट

नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सव-२०८१ का लागि प्राप्त कविताहरूमध्ये मूल्यांकन समितिको मूल्यांकनअनुसार २५ जना कविका २५ वटा कविता छनोट भएको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले जनाएका हुन् । महोत्सव आगामी आइतबार आयोजना हुनेछ ।

 

Comments are closed.