Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

नेपालमा २९ प्रतिशत महिला उद्यमी, अर्थतन्त्रमा बलियो प्रभाव

Editorial Team by Editorial Team
December 23, 2025
in Business, Nepal, News, Women
0
नेपालमा २९ प्रतिशत महिला उद्यमी, अर्थतन्त्रमा बलियो प्रभाव
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-महिला उद्यमी महासंघको वार्षिक साधारण सभा सम्पन्न गरिएको छ।
महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले देशभर समन्वय र सहजीकरणको भूमिका खेलिरहेको बताएकी छन्।
महासंघको वार्षिक साधारण सभाका क्रममा उनले सात प्रदेश र ७७ जिल्लामा नै महिला उद्यमशीलतालाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडि बढाउन महासंघले काम गरिरहेको बताइन्।
उनले भनिन्, ‘हिजोदेखि वार्षिक साधारण सभा भइरहेको छ। महिला उद्यमी महासंघको डिस्ट्रिक्ट च्याप्टर ७७ जिल्ला पुगिसकेको छ । सातवटा प्रदेश बोर्ड पनि छ। सबै तिरबाट दुई-दुई जना प्रतिनिधि बोलाएका छौं । महासंघले बीचमा बसेर देशभरका महिला उद्यमशीलतालाई एउटा आर्थिक सशक्तीकरणको बाटोमा कसरी अगाडि बढाउने भन्ने कुरामा जोड दिएर छलफलका कुराहरू गराएर उहाँहरूलाई केही नलेज लिएर जानुहोस् भन्ने उद्देश्य छ।’

उनले महासंघमा आबद्ध ६ हजार जति रजिस्ट्रर महिला उद्यमीहरू सहि बाटोमा अगाडि बढाउने काम गरेको भन्दै यसको लागि राज्यलाई पनि घचघच्याउने काम गरेको बताइन् ।

उनले भनिन्, ‘हामीसँग आबद्ध भएका दिदीबहिनीहरूलाई महिला उद्यमी महासंघ, ७७ जिल्ला, सातवटा प्रदेश बोर्ड र हामी गर्दा ६००० जति हामीसँग रजिस्ट्रर महिला उद्यमीहरू हुनुहुन्छ । बोर्डमा लार्ज स्केलका उद्यमीहरू पनि हुनुहुन्छ । उहाँहरुका लागि राज्यलाई र डेभलपमेन्ट पार्टनरलाई घचघच्याउने हो ।’

जेनजी आन्दोलनभन्दा अगाडिसम्म जति पोलेसीहरू आइरहेका छन्, ति पोलेसीहरू अहिले आएर ठप्प भएको भन्दै आन्दोलन अगाडिसम्म महासंघले सरकार समक्ष राखेका मागहरु पूरा भएको पनि उनको भनाइ छ ।

अस्थिर सरकारको कारणले गर्दा पनि पोलेसीहरु द्रुत रूपमा इम्प्लिमेन्टेसन नभएको भन्दै सरकारसँग गरेको सम्झौतालाई अर्को सरकारले बेवास्था गर्ने गरेको पनि उनको गुनासो रहेको छ ।

उनले नेपालमा २९ प्रतिशत वुमन एन्टरप्रेनर रहेको भन्दै यसले निश्चय रुपमा नै नेपालको अर्थतन्त्रमा सहयोग गर्दै आइरहेको बताइन् ।

यस्तै, तनहुँ अध्यक्ष तथा गण्डकी प्रदेश महासंघकी उपाध्यक्ष निर्मला मल्लले आफू कोकाकोला डिष्ट्रिब्युटरको रूपमा कार्यरत रहेको जानकारी दिँदै महिला सहभागिता बढाउन विशेष ध्यान दिएको बताइन् ।

उनले भनिन्, ‘म महिला भएकै नाताले करिब १० जना कर्मचारी महिलालाई रोजगारी दिएको छु । जिल्लाभर छरिएर रहेका दिदीबहिनीहरूको योग्यता र क्षमताको पहिचान गर्दै उनीहरूको ज्ञान र सिपमार्फत उद्यमी बनाउँदै आएका छौं ।’

तर, अहिले महिला उद्यमीका लागि प्रविधि र बजारको अभाव मुख्य समस्या रहेको उनले उल्लेख गरिन् । ‘काम गर्ने जोश र जाँगर हुँदाहुँदै पनि बजारीकरण, लेबलिङ र प्याकेजिङको समस्या भएकाले महिला उद्यमीको संख्या अपेक्षित रूपमा बढ्न सकेको छैन्,’ मल्लको भनाइ छ ।

यस्तै, बर्दिया अध्यक्ष उपमा रेग्मीले बर्दियामा दाल, गहुँ, चनालगायतका कृषि उत्पादन प्रशस्त भएपनि महिला उद्यमी बाहिर निस्किन नसकेको बताइन् । ‘महिला उद्यमीको अवस्था हेर्दा अझै धेरै अघि बढ्न सकेको देखिँदैन,’ उनले भनिन् ।

उनका अनुसार मधेशी र मुस्लिम समुदायका महिलाहरूले सीपयुक्त काम गर्दै आए पनि पारिवारिक र सामाजिक कारणले गर्दा खुला रूपमा बजारमा आउन सकेका छैनन् । ‘परिवार र समाजकै कारण धेरै महिला अझै घरभित्रै सीमित हुनुपरेको अवस्था छ,’ रेग्मीले बताइन् ।

महिला उद्यमशीलता बढाउनका लागि प्रशस्त तालिमको व्यवस्था गर्नु सबैभन्दा महत्वपूर्ण भएको उनको भनाइ छ । साथै, पूँजीको अभावले पनि धेरै महिला पछि परेको उल्लेख गर्दै कानूनमा भएका प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् ।

सोही क्रममा प्युठान महिला उद्यमी संघकी अध्यक्ष चित्रकलि बुढा मगरले महिला उद्यमीहरूको वर्तमान अवस्था अझै चुनौतीपूर्ण रहेको बताइन् ।
उनले केन्द्र र महासंघबाट बेला–बेलामा मेला महोत्सव तथा प्रदर्शनीमा सहभागी गराइँदै आएपनि त्यो पर्याप्त नभएको उल्लेख गरिन् ।

‘मेरो कपडा उद्योग छ, जहाँ अधिकांश काम महिलाहरूले नै गर्नुहुन्छ । महिलाले नगर्ने कुनै काम छैन,’ उनले भनिन् ।

उनका अनुसार महासंघले विभिन्न प्रदर्शनीमा महिला उद्यमीलाई सहभागी गराउँदै आएको भए पनि गाउँ तथा दुर्गम क्षेत्रका महिलाहरूलाई अझ व्यापक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीसम्म पहुँच दिलाउन आवश्यक छ ।

उनले भनिन्, ‘जुम्ला, हुम्ला, सुदूरपश्चिम लगायतका गाउँका महिला उद्यमीहरूलाई पनि अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी गराउन सके अझ राम्रो हुने थियो ।’

साथै, महासंघअन्तर्गत महिला राहत कोष स्थापना गर्न सके उद्यमीहरूलाई समस्या पर्दा बाहिर ऋण खोज्नुपर्ने बाध्यता हट्ने उनको सुझाव छ ।

यस्तै, इलामकी महासचिव उषा निरौलाले इलाममा महिला उद्यमीहरूले थोक मात्रामा विविध उत्पादन गरिरहेको जानकारी दिइन् । उनले मकैबाट सातु र पिठो, फापर, कोदोलगायतका अन्नबाट विभिन्न परिकार, अदुवाबाट सुठो र क्यान्डी साथै किवी जामदेखि विभिन्न फलफूल प्रशोधन गरी उत्पादन गरिँदै आएको बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समयमा नयाँ-नयाँ प्रोडक्ट उत्पादन हुन थालेका छन् । खेर जाने मकैको खोसेल्टाबाट ह्यान्डिक्राफ्ट, ऊन र धागोबाट डल, कुसनजस्ता सामग्री बनाइँदै आएका छन् ।’

तर, इलामलाई सुन्नमा जति अगाडि देखिए पनि भौगोलिक विकटता र प्राकृतिक समस्याले उद्यमशीलतामा असर पारिरहेको उनले बताइन् । बर्खायाममा नदीनालाले बाटो बगाइदिने, जलवायु परिवर्तनका कारण उत्पादन समयमा असर पर्ने, उत्पादन लागत बढ्ने र उत्पादन घट्ने जस्ता समस्या उद्यमीहरूले भोगिरहेको उनको भनाइ छ ।

 

Advertisement Banner
Previous Post

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

Next Post

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

Editorial Team

Editorial Team

Next Post
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

Recommended

New discovery in animal exoskeletons leads to advances in designing construction materials

New Monash Mildura GP Academy to address rural doctor shortage

3 months ago
HKUMed finds pet Syrian hamsters can naturally acquire SARS-CoV-2 and cause human infection

HKUMed finds pet Syrian hamsters can naturally acquire SARS-CoV-2 and cause human infection

4 years ago

Don't Miss

Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
PM Karki thanks all concerned for a successful HoR election

PM Karki thanks all concerned for a successful HoR election

March 21, 2026
Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

March 21, 2026
Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

Nepal: Labor permits resume for seven Middle Eastern countries

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.