Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

निरु न्यौपानेका दुई कृति लोकार्पण

Editorial Team by Editorial Team
June 21, 2022
in Book Releases, Literature, Nepal
0
निरु न्यौपानेका  दुई कृति लोकार्पण
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

६ अषाढ,काठमाडौँ — निरु न्यौपानेका दुई कृति लोकार्पण गरिएको छ । सोमबार काठमाडौंको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देललगायत उपस्थित थिए ।

कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताए । ‘उपन्यासमा नेपालदेखि विदेसिएको अनुभव छ । लेखक आफैं पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ हामीले,’ उनले भने । उनले एक पाठकका रुपमा उपन्यास पठनयोग्य रहेको बताए ।

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव संवेदनाको कृति भएको बताइन् । ‘उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य छ । एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन,’ उनले भनिन् ।

उपन्यासमा महिला संवेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उनले बताइन् । समालोचक अधिकारीले ‘अर्को अध्याय’ आधुनिक नेपाली उपन्यास भएको पनि बताइन् ।

उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुले बताइन्।’अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेददेखिको कथा हो। यसले नेपाली समाज र महिलालाई प्रस्तुत गरेको छ,’ उनले भनिन्, ‘पढ्दै गर्दा परिवारको सकारात्मक भूमिकाले नेपाली समाज त्यस्तै भए हुने नि लाग्छ।’ यौनमात्रै ठूलो कुरा नभएको, विदेशको भोगाइ, पितृसत्तामाथि उठाएको प्रश्न, बिहे आफैंमा नराम्रो हैन, छोरालाई नैतिक शिक्षा दिनुपर्छ लगायतका कुराहरू उपन्यासको राम्रो पक्ष रहेको रेणुले बताइन् ।

यसैगरी ‘सिरानीको तस्बिर’ गजल धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताए। ‘उपन्यास लेख्नु जोखिम कुरा हो, लेखकले राम्रो काम गरेकी छन्,’ उनले भने, ‘गजल पढेँ, यसमा विषयक विविधता धेरै छ । एउटा गजलकारको लागि राम्रो कुरा हो।’ उनले पाठकले गजलमा नौलोपन पनि भेट्ने बताए।

सोही कार्यक्रममा न्यौपानेले लेखेको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो।

Advertisement Banner
Previous Post

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

Next Post

Petrol, diesel per litre near Rs 200 as oil corporation hikes fuel prices heavily

Editorial Team

Editorial Team

Next Post
Petrol, diesel per litre near Rs 200 as oil corporation hikes fuel prices heavily

Petrol, diesel per litre near Rs 200 as oil corporation hikes fuel prices heavily

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Approves Second Phase of Nutrition Program to Reduce Child Stunting in Madagascar

4 years ago
WFP to prioritize feeding 110 million of the hungriest in 2026 as global hunger deepens amidst uncertain funding

WFP to prioritize feeding 110 million of the hungriest in 2026 as global hunger deepens amidst uncertain funding

11 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.