काठमाडौँ –अमेरिकाको केन्द्रीय कमान्डले सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक (दोभाषे) को मृत्यु भएको जनाएको छ ।
अधिकारीहरूका अनुसार आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएका छन् । आक्रमणकारी पनि मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अमेरिका र सिरियाविरुद्ध आईएसआईएसको आक्रमण हो । यसको कडा जवाफ दिइनेछ ।’
सिरियाली सरकारले पनि विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्डले भनेको छ, ‘मारिएकाहरूको पहिचान २४ घण्टासम्म सार्वजनिक गरिने छैन । उनीहरूको परिवारलाई जानकारी गराएपछि मात्र विवरण सार्वजनिक गरिनेछ ।’ एजेन्सी






