Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

राप्ती प्रतिष्ठानकाे बृहत क्यान्सर परीक्षण शिविरमा ३ सय जनाकाे स्वास्थ्य जाँच

Editorial Team by Editorial Team
March 29, 2026
in Health & medicine, Nepal, News
0
राप्ती प्रतिष्ठानकाे बृहत क्यान्सर परीक्षण शिविरमा ३ सय जनाकाे स्वास्थ्य जाँच
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपेपछि सेवा लिने बिरामीको चाप बढि रहेको छ । दैनिकजसो १ हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका छन् । यसैक्रममा प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको बृहत क्यान्सर परामर्श तथा परीक्षण शिविरमा करिब ३ सय बढिले स्वास्थ्य जाँच गराएका छन् ।
बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चलेको शिविरमा मेडिसिन तर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरी तर्फ ७२ जनाकाे स्वास्थ्य जाँच गरिएकाे प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए । उनले क्यान्सरको सेवा सुरु गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए ।
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसँगको प्राविधिक सहयोगमा शिविर भएको हो । शिबिरबाट ठुलो संख्यामा बिरामी लाभान्वित बनेको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।
क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सककारुपमा मेडिकल अंकोलोजी डा. बिबेक कंडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजी डा. बोधराज गौतम, गाइनो अंकोलोजी, डा. अस्मिता ओलीले शिविरमा स्वास्थ्य जाँच गरेका थिए ।
प्रतिष्ठानमा क्यान्सर सम्बन्धि भएको यो ठुलो र पहिलो शिविर हो । प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने र क्यान्सर अस्पताल बिच यसअघि दुबै स्वास्थ्य संस्थाबिच भएको सम्झौता अनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति प्रा. लम्सालको भनाई छ ।
शिविरमा महिलाको पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परीक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाठा भएका, योनी चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहरुले परीक्षण गराएका थिए ।

Advertisement Banner
Previous Post

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

Next Post

मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने

Editorial Team

Editorial Team

Next Post
मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने

मिस टुरिजम क्विन वल्र्ड वाइड प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता हुने

Discussion about this post

Recommended

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

5 days ago
EU President von der Leyen in India: Advancing a Strategic Partnership

EU President von der Leyen in India: Advancing a Strategic Partnership

4 years ago

Don't Miss

Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

March 29, 2026
प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

March 29, 2026
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.