काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु) को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।
उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो ।
सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो । सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।
Trending Now
- The presence of startups from the United Kingdom, Germany, the US and the Region of Latin America grows among the 100 finalists of the Startup Competition 2024
- India in Nepal (Embassy of India Kathmandu) hosted 20 Nepali ITEC Alumni from the course on Water Resource Development & Management held at National Water Academy, Pune
- Finance Minister of Nepal Mr. Barsha Man Pun launched 3rd edition of the Handbook for Indian Investors Investing in Nepal by Nepal-India Chamber of Commerce & Industry at the Nepal Investment Summit 2024
- The way to the fourth camp of Everest is open
- नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा कविता महोत्सव–२०८१ का लागि कविता आह्वान
- Israel airstrike in Rafah, at least 20 dead
- Investment conference concluded: These are the important deals
- रोशन थापाको ‘सन्त्रासका साठी दिन’ बजारमा
- मोहन वैद्य नेतृत्वको पार्टी फुट्यो
- रास्वपा र नेकपा एसकासहित १६ उम्मेदवारको जमानत जफत
Comments are closed.