सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिप : २९ स्वर्ण पदक संगै नेपाल बन्याे च्याम्पियन

काठमाडाैं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे कभर्डहलमा भएको प्रतियोगितामा नेपालले  २९ स्वर्णसहित २६ रजत र ६ कास्य जित्दै च्याम्पियन बनेकाे हाे ।

प्रतियोगितामा २५ स्वर्ण, २२ रजत र १७ कास्यका जितेर भारत दाेस्राे भयाे । ६ स्वर्ण, ७ रजत र १४ कास्य जित्दै  बंगलादेश तेस्राे भयाे । ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो भयाे । २ स्वर्ण, ८ रजत र २९ कास्य जितेकाे श्रीलंका पाँचौँ भयाे । २ कास्य जितेकाे भुटान छैटौँ भयाे ।

नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडीकाे सहभागिता थियाे ।

Comments are closed.