बागलुङ — सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ ।मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका-९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो ।घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै मृत्यु भएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले बतायो ।
घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको बताइएको छ ।त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको हो । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो । हरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।
उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।घर भत्केर पुरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङ र आसपासको प्रहरीको उद्धार टोली त्यसतर्फ गएको हो । वडाध्यक्ष वीरेन्द्र बुढाले पनि घटनास्थल जाने झोलुंगे पुल भत्केकोले उद्धारमा कठिनाइ भएको बताए । लगातार वर्षा भएकोले उद्धार टोली पनि पैदलै जान बाध्य भएका हो ।
Trending Now
- भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द
- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला, ठप्प दैनिक कामकाज
- सुरभि साहित्य प्रतिष्ठान’द्वारा चार पुरस्कारको घोषणा
- बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
- गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
- China launches orbital refueling satellite
- Mahindra Democratises Premium EV Technology, Announces Top Variant Prices of BE 6 and XEV 9e
- Tibet quake: Death toll rises to 126
- The International Nepali Literature Society has formed the INLS Women’s Committee
- कास्कीमा ‘अघोषित निषेधाज्ञा’ ! अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा
Comments are closed.