काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसारको काम नगर्ने गरेको बताएका छन् । दाङमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमका बोल्दै राईले यस्तो बताएका हुन् ।
उनले निजामति कर्मचारीले पाउने तलबअनुसार दैनिक १० घण्टा काम गर्नुपर्ने भए पनि सात घण्टा पनि राम्रोसँग काम नगर्ने बताएका छन् ।
‘९० प्रतिशत निजामति कर्मचारीले तलब अनुसारको काम गर्दैनन् ।’, उनले भने, ‘अहिले भएको तलब कर्मचारीहरुलाई धेरै भएको छ ।’ त्यस्तै, प्रमुख आयुक्त राईले सरकारले तलब दिने व्यवस्थालाई घन्टामा बदल्नुपर्ने पनि बताएका छन् ।त्यस्तै, उनले देशको आर्थिक सुशासन बिथोलिनुमा कर्मचारीको ठूलो भूमिका रहेको भन्दै राष्ट्र सेवक कर्मचारी सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य गर्न र आर्थिक सुशासन कायम गर्न पनि सहज हुने बताएका छन् ।
Comments are closed.