Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै , सहयोग गर्ने सबैको प्रतिबद्धता

Editorial Team by Editorial Team
December 1, 2025
in Literary Festival & Event, Nepal, News
0
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै , सहयोग गर्ने सबैको प्रतिबद्धता
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कोलोराडो,अमेरिकाको कोलोराडो राज्यमा आयोजना गर्न लागिएको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नेपाली समुदायका अगुवाहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको समन्वयमा मे २२ देखि २४ सम्म डेनभरमा आयोजना गरिने सम्मेलनका बारेमा दिन शनिवार आयोजित छलफल कार्यक्रममा सहभागी नेपाली संघसंस्थाका अगुवाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अनेसासको बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले सम्मेलनमा संसारभरीबाट १५० भन्दा बढि साहित्यकारहरु सहभागी हुने जानकारी दिए ।
उनले तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएको जानकारी दिदै सहयोगका लागि सबैलाई आग्रह गरे ।

उनले आफ्नो प्रस्तुतीमा सम्मेलनको ढाँचा, लागत, बिभिन्न संघसंस्था र व्यक्तिसंग गरिएका अपेक्षा, आवश्यक उपसमितिहरुका बारेमा जानकारी दिएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) का महासचिव राजु सिटौलाले प्रवासमा नेपाली भाषा र साहित्यको विकासमा यस्ता सम्मेलनले ठूलो टेवा पुग्ने बताए ।

उनले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संघसंस्था र नेपाली समुदायका अगुवाहरुसंग आग्रह गरे ।

हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले कोलोराडोमा आयोजना गर्न लागिएको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नु कोलोराडोमा रहेका सबै नेपालीहरुको दायित्व भएको बताए ।

उनले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न आफ्ना तर्फ नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरे ।

अनेसासले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा गर्नु हाम्रा लागि गौरवको कुरा हो, श्रेष्ठले भने, सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो ।

नेपाली घरका अध्यक्ष बसन्त लम्सालले अनेसासले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि कोलोराडो रोजेको धन्यवाद दिदै सम्मेलनको सफलताको नेपाली घरका तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका सम्पूर्ण कार्यक्रमहरु नेपाली घरमा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न नेपाली घर तत्पर रहेको सुनाए ।

छलफलमा सहभागी अधिकांश वक्ताहरुले नेपाली घर कोलोराडोमा रहेका नेपालीहरुको साझा संस्था भएकोले अनेसासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली घरमा आयोजना गर्न जोड दिए ।

कोलोराडोमा आयोजना गर्न लागिएको सम्मेलन भव्य रुपमा सम्पन्न गर्नु कोलोराडोमा रहेका सबै नेपालीहरुको दायित्व भएको बताउदै छलफलमा सहभागी नेपाली संघसंस्थाका अगुवाहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनेसास पुरस्कार समितिका सदस्य डा. विजयराज शर्मा, दिदी बहिनी समूह कोलाराडोकी अध्यक्ष शान्ति भुसाल, गैर आवासीय नेपाली संघ कोलोराडोका अध्यक्ष निमा शेर्पा, जय नेपाल फाउण्डेसन कोलोराडोका अध्यक्ष कुमारजंग कार्की, रक्की माउण्टेन फ्रेण्ड्स अफ नेपालका अध्यक्ष आकृति राई, पूर्व अध्यक्ष अर्जुन बगाले, अनेसासका कोलोराडोका सल्लाहकार रमेश गुरुङ, अनेसास कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष बिजयदेव अधिकारी, ब्लड डोनर्स एशोसियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष टीका पौडेल, अनेसासका आजिवान सदस्य विकास त्रिपाठी लगायत कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका अगुवाहरुले सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता गरे ।

छलफल कार्यक्रमको अध्यक्षता गर्दै अनेसास कोलोराडोका अध्यक्ष किरण अधिकारीले छलफलमा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई हृदयगंम गर्दै प्राप्त सुझावका आधारमा सम्मेलनलाई सञ्चालन गर्ने प्रतिबद्धता गरे ।

उनले छलफलका सहभागीहरुबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सहयोग गर्ने प्रतिबद्धताबाट आफूहरु निकै उत्साही भएको बताए ।
कार्यक्रमको सञ्चालन अनेसासकी कोषाध्यक्ष तारा अधिकारीले गरेकी थिईन् ।

Advertisement Banner
Previous Post

प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

Next Post

Nine lakh 43 thousand tourists visited Nepal in 10 months

Editorial Team

Editorial Team

Next Post
Nine lakh 43 thousand tourists visited Nepal in 10 months

Nine lakh 43 thousand tourists visited Nepal in 10 months

Recommended

Ravi Lamichhane Released on Bail

Ravi Lamichhane Released on Bail

4 months ago
नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो

नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवमा मुक्तक दिवस मनायो

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.