समीक्षा
छु
खोज्दै
ए का न्त
हिजो आज
कोलाहलमा
आफन्त माझमा
व्यस्ततामा मिसिँदै
कर्मसँग म पिसिँदै
कतै डढ्दै, कहिले लड्दै
बौरिन्छु उठ्छु सम्हालिन्छु म
दुख्छु, अदृश्य झर्छन् मोती
खोज्छु समेट्न आफन्त
राख्छु मुटु माझमा
दुख्दैछु किन म?
चुक्दैछु कता?
गर्न खोज्छु
समीक्षा
आफ्नै
म।
गीताश्री शर्मा
सिक्किम, भारत
Comments are closed.