Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

Editorial Team by Editorial Team
December 8, 2025
in Nepal, News
0
पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न निर्णय गरेको छ । विशेष अदालतमा मुद्दा दर्ताका लागि अख्तियारको टोली पुगेको र हाल अभियोग पत्र दर्ता प्रक्रिया जारी रहेको उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिएका छन् ।

अख्तियारले पूर्वमन्त्री रामशरण महत, दीपक अमात्यसहित पाँच पूर्वमन्त्रीलाई प्रतिवादी बनाउँदै करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरेको छ । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वनिर्देशक मुरारी भण्डारीसमेत मुद्दामा प्रतिवादी बनाइएका छन् ।
यसअघि संसदीय समितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारलाई छानबिनको निर्देशन दिएको थियो । समितिको सिफारिसअनुसार छानबिन पूरा भएपछि अख्तियारले ५५ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको हो ।
तत्कालीन सार्वजनिक लेखा समिति मातहतको उपसमितिले प्रस्तुत प्रतिवेदनमा ठेक्का सम्झौतादेखि नै अनियमितता सुरु भएको, लागत आठ अर्बले बढाएर प्रारम्भमै भ्रष्टाचार मार्ग प्रशस्त गरिएको उल्लेख छ । लागत वृद्धि भएअनुसार संरचना निर्माण नगरी सम्झौता विपरीत अतिरिक्त भुक्तानी गरिएको, रनवे निर्माणमा हिनामिना भएको, दुई अर्बभन्दा बढी कर छुट दिइएको तथा परामर्श सेवा र इन्धन भण्डारण शीर्षकमा समेत अनियमितता भएको उपसमितिको निष्कर्ष छ ।
उपसमितिले निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल, निर्देशक बिनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, ई। बाबुराम पौडेल, उपनिर्देशक ई। प्रवीण न्यौपाने र प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेललगायतमा कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिनुपर्ने प्रतिवेदनमा सुझाव दिएको छ ।
संसदीय प्रतिवेदनले कर छुटमा मात्र २ अर्ब २२ करोड रुपैयाँ अनियमितता भएको उल्लेख गरेको छ । त्यस्तै एसी खरिद, नाली निर्माण, माटो भर्ने, रनवे–ट्याक्सीवेमा देखाइएको खर्च, परामर्श र इन्धन भण्डारणलगायत शीर्षकमा समेत शंकास्पद भुक्तानी देखाइएको छ। प्रतिवेदनअनुसार खुला प्रतिस्पर्धाविना, अस्पष्ट विधि अपनाई वा अस्वीकृत भुक्तानीका रूपमा खर्च देखिएका रकम जोड्दा करिब ८ अर्ब २३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ ।

Advertisement Banner
Previous Post

देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा गयो

Next Post

कवि तथा गीतकार निरुपम श्रेष्ठको तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
कवि तथा गीतकार निरुपम श्रेष्ठको  तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक

कवि तथा गीतकार निरुपम श्रेष्ठको तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक

Recommended

Council of Ministers has been recommended to mobilize the Nepali Army for the upcoming  election 

Council of Ministers has been recommended to mobilize the Nepali Army for the upcoming  election 

8 months ago
Ukraine and Russia carry out their largest prisoner exchange

Ukraine and Russia carry out their largest prisoner exchange

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.