Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

Editorial Team by Editorial Team
December 10, 2025
in Education, Nepal, News
0
काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् ।
बुधबार आयोजित ३१ औँ दीक्षान्त समारोहबीच स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ एजुकेसनका २ सय ९४, स्कुल अफ इन्जिनियरिङका ३ सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कुल अफ साइन्सका १ सय ९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका केयूका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले जानकारी दिए ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना छन् ।
त्यस्तै पुरुष ५२ दशमलव २४ प्रतिशत अर्थात् १ हजार १ सय ५४ जना र महिला ४७ दशमलव ७६ प्रतिशत एक हजार ५५ जना छन् ।
दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी रहेका छन् ।
काठमाडौँ विश्वविद्यालयबाट पहिलो पटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स अफ फिलोसेफी बाइ रिसर्च इन म्याथम्याटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन अग्रिकल्चर मा २९ जना दीक्षित भएका छन् ।
त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलो पटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भएका छन् ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कयास्टिलानो मेन्चासालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेटमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३।९४ सजिपिए ल्याउने स्कुल अफ म्यानेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको छ ।
स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट) मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सीजीपीए ३ दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ ।
काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात् करिब १२ प्रतिशत रहेको छ ।

Advertisement Banner
Previous Post

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

Next Post

Nepal Govt approves agreement with Gen-Z movement, sets high-priority implementation

Editorial Team

Editorial Team

Next Post
Nepal Govt approves agreement with Gen-Z movement, sets high-priority implementation

Nepal Govt approves agreement with Gen-Z movement, sets high-priority implementation

Recommended

UNODC Regional Representative Meets with Home Minister Aryal

UNODC Regional Representative Meets with Home Minister Aryal

4 weeks ago
New discovery in animal exoskeletons leads to advances in designing construction materials

Monash welcomes Australian Government response to the Special Envoy’s Plan to Combat Antisemitism

2 months ago

Don't Miss

National Security Council says full preparations in place for election security

National Security Council says full preparations in place for election security

March 4, 2026
PM Karki meets President Paudel on eve of election

PM Karki meets President Paudel on eve of election

March 4, 2026
Kathmandu–Dubai flights to resume tonight

Kathmandu–Dubai flights to resume tonight

March 4, 2026
Election Commission to publish FPTP results within 24 hours

Election Commission to publish FPTP results within 24 hours

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.