सुर्खेत –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
“सुशीला कार्की नेतृत्वको सरकारलाई अरु काम छोडेर रवि लामिछानेको पछि लाग्नुहोस् भनेर हामी भन्दनौँ । तर, उनले प्रधानमन्त्री बन्नुभन्दा पहिला पनि हाम्रो पार्टी सभापतिमाथि अन्याय भएको भनेर भन्नुभएको थियो,” कार्यवाहक सभापति अर्यालले पत्रकारहरूसँग भने, “तत्कालीन सरकारको प्रतिसोधका कारण उहाँलाई जेलसम्म पुर्याइयो । उहाँ निर्दोश हुनुहुन्छ भनेर ४० लाखको हस्ताक्षर बुझाइसक्दा पनि नागरिक सरकारको अहिलेसम्म कुनै औपचारिक धारणा आएको छैन ।”
उनले जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो पार्टीले नयाँ जनादेशमा जानुपर्छ भनेको भन्दै चौथो ठूलो दलको नेतालाई राजनीति प्रतिसोधकै कारण जेलमा राख्न नहुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशले शुक्रबार पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।






