Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News
0
बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी ,बर्दघाट नगरपालिका–१ मा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड योजना कार्यालयका योजना प्रमुख महेन्द्र थापामाथि गत मङ्सिर ११ गते आइतबार बिहान ११ बजेदेखि ११:३० बजेसम्म कार्यस्थलमै गएर धम्की तथा दुर्व्यवहार गरिएको भन्दै सुरक्षाको प्रत्याभूति नभए सम्म कार्यालयले प्रवाह गर्ने सेवा अनिश्चितकालीन रूपमा बन्द गरिएको जनाइएको छ ।
आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापाले आज पत्रकार सम्मेलनको आयोजना गरी शान्तपुर्ण रूपमा काम गर्ने वातावरण नभएसम्म कार्यालयको काम ठप्प रहने जानकारी दिए ।
कार्यालय वा योजना प्रमुख सँग कुनै उजुरी वा गुनासो भए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने अधिकार हुँदाहुँदै गरिएको दुर्व्यवहारले आफूहरूले असुरक्षित महसुस गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
करिब ९–१० जनाको समूह लिएर पुगेका एक व्यक्तिले आफू नेपाल कम्युनिस्ट पार्टी बहुमतको कार्यकर्ता भएको भएको बताउँदै योजना प्रमुख थापालाई अनावश्यक दबाब दिएको, कार्यालयका अन्य कर्मचारीलाई समेत ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा जनाइएको छ ।
“सबै कुरा हाम्रो क्षेत्राधिकार भित्र पर्दैन सबै निर्णय केन्द्रले गर्ने हुँदा सर्वाधिकार हामीमा रहँदैन “योजना प्रमुख थापाले भन्नू भयो । आफूले केन्द्रीय कार्यालयमा आफन्तलाई जागिर खुवाएको विषय चासो नभएको थापाले दाबी गरे । चिसापानीको जग्गामा विवाद भएपछि परेको मुद्दामा सर्वोच्चको परमादेशअनुसार व्यक्तिको नाममै गएको थापाको दाबी छ । केही व्यक्तिहरूको निहित स्वार्थ पूरा नहुँदा उक्त घटना घटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“कर्मचारीहरूका अनुसार कानुनी प्रक्रिया अनुसार काम बढाइरहेको अवस्थामा यस्तो घटना हुनु मनोबल तोड्ने कार्य भएको छ” धम्कीका कारण कार्यालयको दैनिक कामकाज समेत प्रभावित भएको र कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको उल्लेख छ ।
शान्ति–सुरक्षामा असर पुर्‍याउने यस्ता गतिविधि तत्काल रोक्न तथा घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै आवश्यक कारबाहीको माग गरिएको छ।

Advertisement Banner
Previous Post

Santosh Pariyar receives Dr. Ambedkar International Award

Next Post

Hyatt Hotel to pay minimum salary to employees during reconstruction period

Editorial Team

Editorial Team

Next Post
Hyatt Hotel to pay minimum salary to employees during reconstruction period

Hyatt Hotel to pay minimum salary to employees during reconstruction period

Recommended

Nepali Artist Tsherin Sherpa Joins  Rubin Museum Board of Trustees

Nepali Artist Tsherin Sherpa Joins Rubin Museum Board of Trustees

4 years ago
ICC releases Expression of Interest for Media Rights in Nepal for ICC Men’s T20 World Cup 2026

ICC releases Expression of Interest for Media Rights in Nepal for ICC Men’s T20 World Cup 2026

8 months ago

Don't Miss

क्यापिटल वनले ट्रम्प अर्गनाइजेशनका ३०० भन्दा बढी बैंक खाता बन्द गर्‍यो

अमेरिका–इरान वार्ता सोमबारदेखि सुरु हुने ट्रम्पको दाबी, इरानद्वारा अस्वीकार

August 3, 2026
६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

६० हजार आप्रवासीको प्रवेशपछि स्पेनमा चर्कियो विवाद, ७२ जनाको मृत्यु

August 3, 2026
सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

सन् २०३० विश्वकपमा ६४ टोली सहभागी गराउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने

August 3, 2026
आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै

August 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.