Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश–१ मा बसोबास गर्ने जातजाति भाषाभाषीको परम्परामा गाइने लोकभाषाको संकलन तथा विश्लेषण गरिएको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त कृति प्रकाशित गरेको हो ।

निश्चित भूगोलभित्र बसोबास गर्ने जातजातिको चालचलन, भाषा, संस्कृति, मूल्यमान्यता, मनोरञ्जनकलाको अभिव्यक्ति नै लोकभाका हुन् । प्रतिष्ठान लोकवार्ता विभाग प्रमुख प्राज्ञ देवी नेपालले यस कृतिमा राई, लिम्बु, सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, दमाई, गन्दर्भ, जोगी, खसआर्य आदि विविध जातिसँग सम्बन्धित ६४ वटा मौलिक भाकाहरू रहेको बताए । ‘त्यसैगरी पूर्वी तराईमा पाइने जातजातिसँग सम्बन्धित २८ लोकभाकाहरू र पूर्वी हिमाली क्षेत्रमा पाइने विविध जातजातिको केही लोकभाका समावेश रहेका छन्,’ उनले भने ।

पुस्तकको पहिलो खण्डमा ‘पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय’ समेटिएको छ । दोस्रो खण्डमा पूर्वी नेपालका मौलिक लोकभाकाहरू खोज प्रस्तुत गरिएको छ । जसमा लोकगीतको परिचय, प्रतिनिधि लोकभाकाहरू, आदिवासी जनजातिका लोकभाकाहरू, खसआर्य हिन्दु समुदायका लोकभाकाहरू, अरुण उपत्यकामा प्रचलित लोकभाकाहरू तथा प्रतिनिधि लोकगायकहरूको नाम उल्लेख गरिएको छ ।

तेस्रो खण्डमा पूर्वी भेगका लोकभाकाहरूको विश्लेषण गरिएका छन् । यस्तै चौथो खण्डमा पूर्वी नेपालको लोकभाकाहरूको विशेषता केलाइएको छ । मौलिक लोकभाकाहरूको भाषिक तथा सांस्कृतिक महत्व, प्रस्तुति शैली, अवसर, स्थान, बाजा, नाच, शृंगार, रैथाने परिवेशको प्रतिबिम्ब उल्लेख गरिएको छ ।

अनुसन्धाता मुकारुङको यसअघि ‘नियामाबुङ’ गीतिसंग्रह, ‘बर रोपी छायाँ’ गीति एल्बमलगायत कृति प्रकाशित छन् ।

Advertisement Banner
Previous Post

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

Next Post

Chinese Foreign Minister Mr. Wang Yi paid courtesy call on Nepal President Mrs. Bidya Devi Bhandari today

himalaya Diary News Service

Recommended

Prabhas Announces The Script Craft International Short Film Festival 

Prabhas Announces The Script Craft International Short Film Festival 

5 months ago
Project Marketing Workshop for professionals kicked off in Pokhara, on Monday in collaboration with CLDP & WAPPP

Project Marketing Workshop for professionals kicked off in Pokhara, on Monday in collaboration with CLDP & WAPPP

4 years ago

Don't Miss

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

May 14, 2026
बाढी र सडक विस्तारले दुई प्रमुख सडक अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढी र सडक विस्तारले दुई प्रमुख सडक अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

May 14, 2026
सिंहदरबारदेखि सडकसम्म ‘ट्राफिक निगरानी !

सिंहदरबारदेखि सडकसम्म ‘ट्राफिक निगरानी !

May 14, 2026
“१० वर्षमा साढे ५ लाख विद्यार्थी गायब ! डरलाग्दो तथ्य सार्वजनिक

“१० वर्षमा साढे ५ लाख विद्यार्थी गायब ! डरलाग्दो तथ्य सार्वजनिक

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.