‘अफगानिस्तान: अबको बाटो’ नामक पुस्तक सार्वजनिक

अफगानिस्तानमा भइरहेको संकट; यसले यो क्षेत्रमा पारेको असर; सुरक्षा संवेदनशीलता र तालिबान सरकारको गतिविधि तथा उक्त मुलुकको इतिहासका विभिन्न घटनाहरूलाई समेत समेटेर ‘अफगानिस्तान : अबको बाटो’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

कोनराड एडेनौर स्टिफटुङ (कास) र कोसाटले बजारमा ल्याएको यस पुस्तकमा दक्षिण एसियाका सुरक्षा, परराष्ट्र मामिला र अन्य सम्बन्धित क्षेत्रका विज्ञहरू मिलेर अफगानिस्तानका विभिन्न समस्या र अबको बाटोबारे लेखेको बताइएको छ ।

तालिबान आएपछिको अफगानिस्तान र यसले यो क्षेत्रमा पार्ने असर, अफगानिस्तानमा महिला र बालबालिकाको अधिकार, अफगान शरणार्थी, अफगानिस्तानमा मानवीय संकट र यसको सहयोगलगायत विषयमाथि पुस्तकमा उल्लेख गरिएको छ । ‘जसरी अफगानिस्तानमा अमेरिकाले सुरुवातमा तालिबानलाई हटाएर सरकार निर्माण गर्‍यो र फेरि २० वर्षपछि त्यहि तालिबानलाई सरकार सुम्पिएर हिँड्यो । यसले कुनै पनि समस्याको समाधान भएन; झन् समस्या थपिदियो,’ कोसाटका अध्यक्ष निश्चलनाथ पाण्डेले भने ।

Comments are closed.