Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News
0
करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अर्थतन्त्र दबाबमा रहेका बेला राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने ठूलो धनराशि बक्यौता र अदालती विवादमा फसेको छ । सरकारले उठाउने पर्ने राजस्व बक्यौता करिब ९५ अर्ब पुगेको हो ।
आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार ब्याज, थप दस्तुर, विलम्ब शुल्क समेत उठ्न बाँकी कुल बक्यौता रकम ९४ अर्ब ९५ करोड रुपैयाँ देखिन्छ । एक अर्ब ८० करोड १० लाख रुपैयाँ विवादमा फसेको छ ।
‘आव २०८१/८२ को अन्त सम्ममा आइपुग्दा लागेको ब्याज, थप दस्तुर, विलम्ब शुल्क समेत उठ्न बाँकी कुल बक्यौता रकम ९४ अर्ब ९५ करोड रहेको छ भने कर कार्यालयहरूबाट भएको कर निर्धारण उपर करदाताले चित्त नबुझाई आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्व ८० अर्ब १० करोड रहेको छ’, प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ मा ४५०० करदाताको संकलन भ्रमण गर्ने लक्ष्य रहेकोमा ५०२५ प्रगति भई लक्ष्यको तुलनामा १११.६७ प्रतिशत प्रगति भएको छ । बक्यौता संकलन तर्फ आ.व.२०८१/८२ मा आयकर तर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकोमा ८ अर्ब ७१ करोड रुपैयाँ असुल भइ लक्ष्यको तुलनामा ३८.२९ प्रतिशत प्रगति भएको छ ।
मू.अ.कर तर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड असुल भइ लक्ष्यको तुलनामा ६३.२८ प्रतिशत प्रगति भएको छ । बक्यौता समायोजनतर्फ आयकर तर्फ २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड प्रगति भई लक्ष्यको तुलनामा ७८.१ प्रतिशत प्रगति भएको छ । मू।अ।कर तर्फ १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड प्रगति भइ लक्ष्यको तुलनामा १२२.६३ प्रतिशत प्रगति भएको छ ।
कानूनी कारबाही गरी असुल गर्ने कुल लक्ष्य ४ अर्ब ३९ करोड रहेकोमा १ अर्ब ७९ करोड असुली भइ लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति भएको छ ।
नेपालमा व्यवसाय, रोजगारी र लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयम् घोषणा गरी आय विवरण पेश गर्नु पर्ने व्यवस्था रहेको छ । आय विवरण बमोजिमको रकम तोकिएको समय भित्र दाखिला नगरेमा तथा कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा तथा अन्य कुनै कारणबाट आन्तरिक राजस्व कार्यालयबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा साविकमा कर प्रशासनले कार्यान्वयन गर्ने करहरू प्रचलित कानून बमोजिम निर्धारण भई तोकिएको समय भित्र दाखिला नभएका रकम बक्यौता कायम रहन्छ ।

Advertisement Banner
Previous Post

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

Next Post

फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

Editorial Team

Editorial Team

Next Post
फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

फागुन २१ को मितिबाट दायाँबायाँ नहोस भन्ने राष्ट्रपतिको सुझाव

Recommended

समय सापेक्ष विचार : इन्दिरा प्रसाई बालेन जितुन ! बालेन नबिकुन !

Balendra Shah continued to maintain his lead over rival for the post of mayor of Kathmandu Metropolitan City

4 years ago
Dominica’s Resilience and Sustainable Growth to be Strengthened by the World Bank

Dominica’s Resilience and Sustainable Growth to be Strengthened by the World Bank

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.