Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक

Editorial Team by Editorial Team
December 15, 2025
in Entertainment, Nepal, News
0
गणेश खड्का को “तिमी पुग्यौ धेरै टाढा” गीत सार्वजनिक
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- “तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रहेछ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रहेछ”
यी हरफहरू भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “ति मी पुग्यौ धेरै टाढा” गीतका स्थायी लाइन हुन्। कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन्।
प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह त भयो तर रेकर्डिङको प्रक्रिया थाल्नै वर्षौँ लाग्यो। प्रवासी जीवन बाध्यता, आवश्यकता र परिस्थितिको दास हुँदै हो। समय अर्काको अधीनमा हुन्छ अनि जिन्दगी पनि अरूकै बन्दकीमा। पराधीन जीवनशैली र बन्दकी समयका चोक्राहरू निचोरेर आफूलाई थोरै भए पनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गति लैजानु पर्ने कुरा रहेछ। लेखेर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले अन्ततः गीत रेकर्ड भयो।
पुरुष आवाज सङ्गीतकार नवीन आफैँले दिने भए। महिला आवाजमा गायिका रजिना रिमालले साथ दिएकी छिन्। गीत त रेकर्ड भयो, तर सुन्ने होइन हेर्ने जमाना मा अडियोले मात्रै गीतको पूर्णता महसुस गराउने कुरो थिएन।
सन्तोषजनक सुनिएको गीतको अडियोले अन्ततः भिडियो पनि निर्माण गर्ने आकांक्षा बढायो। सबैको मन मिल्यो। टिम बन्यो र एउटा प्रेमिल सांगीतिक कर्मले पूर्णता पायो। गीतकार सेसेल्स, सङ्गीतकार दुबई अनि गायिका लगायत म्युजिक भिडियोमा सामेल अन्य टिम सदस्य नेपालमा छन्। कुनै समयका रेडियो सहकर्मी गणेश खड्का र नवीन खनालले आफूहरू पचासको दशकमा रेडियो नेपालमा हुँदै केही गीतमा सहकार्य गरिसकेका थिए।
नाटक, कविता, गीत, गजल, मुक्तक, कथा, निबन्ध तथा समसामयिक लेख रचनामा कलम चलाउँदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि दर्जन बढी गीतहरू बजारमा आइसकेका छन्। साथै उनका नाटकसङ्ग्रह र कविता सङ्ग्रह सहित अन्य केही सम्पादित पुस्तकहरू पनि प्रकाशित छन्। लेखक तथा सम्पादकमा छवि बनाएका खड्का अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष पनि हुन्। अन्तरजातीय प्रेम सम्बन्धको सङ्घर्षपूर्ण कथा भन्दै अन्ततः आपसी समर्पण र सङ्कल्पले प्रेमसँगै जीवन पनि सफल हुन्छ भन्ने वस्तुनिष्ठ सत्य तथा सामाजिक सन्देश दिएर गीत क्लाइमेक्समा सुखान्त भएर सकिन्छ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेले जीवन्त अभिनय गरेका छन्। गीतमा रिकेश गुरु गुङ्गको सङ्गीत संयोजन, हरि हुमागाईंको छायाङ्कन अनि शिवपुरीको निर्देशन तथा सम्पादन रहेको छ। यतिबेला प्रस्तुत गीतलाई दर्शक (श्रोताले) राम्रो प्रतिक्रिया सहित मन पराइरहेका छन्।
गीतकारको आफ्नै युट्युब च्यानल न्बलभकज प्जबमपब मार्फत २६ मङ्सिर २०८२ तदनुसार १२ डिसेम्बर २०२५ का दिन सार्वजनिक भएको गीतको समग्रता बुझ्न भने गीत पुरै सुन्नु र हेर्नु पर्ने हुन्छ।

Advertisement Banner
Previous Post

वक्तृत्वकला प्रतियोगिताको छनौट चरण सम्पन्न

Next Post

करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो

Editorial Team

Editorial Team

Next Post
करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो

करिब ९५ अर्ब राजस्व बक्यौता, एक खर्ब ८० अर्ब रुपैयाँ विवादमै अल्झियो

Recommended

Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepal Government removes investment cap under automatic FDI route

4 months ago
हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पले दिए आदेश, विश्वभर तेलको मूल्यमा भारी वृद्धि

हर्मुज जलमार्ग बन्द गर्न ट्रम्पले दिए आदेश, विश्वभर तेलको मूल्यमा भारी वृद्धि

2 days ago

Don't Miss

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

Government led by Prime Minister Balen Shah unveiled a draft of a “national commitment” document

April 14, 2026
US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

US deploys 15 naval ships including USS Abraham Lincoln for blockade of Iran’s ports

April 14, 2026
New Year a day of new resolution: President Paudel

New Year a day of new resolution: President Paudel

April 14, 2026
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.