Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काँग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News, Politics
0
काँग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली काँग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो ।
उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालिन मोरङ क्षेत्र नम्बर–१ बाट दुई पटक निर्वाचित सांसद समेत थिए । २०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उनी शिक्षामन्त्री बनेका थिए ।
उपाध्यायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि जित हाँसिल गरेका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत उनी उम्मेदवार थिए ।
समाजसेवा र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन् ।
बैठकले शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । सहमहामन्त्री उपाध्यायकारअनुसार काँग्रेसले मंसिर २९, पुस १ र २ गते गरी तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला कार्यलयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
बैठकले पुस १ गते तीन वटै तहका पार्टी कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म तीन वटै तहका पार्टी कार्यलयमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको सहमहामन्त्री उपाध्यायले बताइन् ।

Advertisement Banner
Previous Post

म्याच फिक्सिङको आरोपमा भारतका चार क्रिकेटर निलम्बित

Next Post

देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

Editorial Team

Editorial Team

Next Post
देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

Recommended

EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

European Defence Fund: €1 billion to boost the EU’s defence capabilities and new tools for defence innovation

4 years ago

निर्वाचन आयोगको चेतावनी: निर्वाचन आचारसंहिता कडाइका साथ लागू, उल्लंघन गरे कारबाही हुने आयोगको चेतावनी

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.