Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काँग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News, Politics
0
काँग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली काँग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो ।
उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालिन मोरङ क्षेत्र नम्बर–१ बाट दुई पटक निर्वाचित सांसद समेत थिए । २०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उनी शिक्षामन्त्री बनेका थिए ।
उपाध्यायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि जित हाँसिल गरेका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत उनी उम्मेदवार थिए ।
समाजसेवा र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्व गुमाएको पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन् ।
बैठकले शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । सहमहामन्त्री उपाध्यायकारअनुसार काँग्रेसले मंसिर २९, पुस १ र २ गते गरी तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला कार्यलयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
बैठकले पुस १ गते तीन वटै तहका पार्टी कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म तीन वटै तहका पार्टी कार्यलयमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको सहमहामन्त्री उपाध्यायले बताइन् ।

Advertisement Banner
Previous Post

म्याच फिक्सिङको आरोपमा भारतका चार क्रिकेटर निलम्बित

Next Post

देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

Editorial Team

Editorial Team

Next Post
देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

Recommended

People Keep Using the Key and Peele Meme to Share Their Favorite Things

4 years ago
BCU graduate raising money for Birmingham homeless charity with Banksy-style artwork

BCU graduate raising money for Birmingham homeless charity with Banksy-style artwork

3 weeks ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.