Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News, Politics
0
देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो कांग्रेस: गगन थापा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पाटन — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् ।
नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए ।
“कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ, विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ, कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ”, महामन्त्री थापाले भने ।
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफै पछ्याउने बताए । भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उहाँले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाईमा पु¥याउने जिम्मेवारी रहेको बताए ।
“कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने छ, गल्ती कमजोरी सुधार्नुपर्ने छ”, उनले भने । विगतमा पार्टी छोडेकाहरुको पार्टी पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो ।
कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा कांग्रेसले जिल्लाभर ५६ प्रतिशत जीत हासिल गर्न सफल भएको उल्लेख गर्दै यसपटक कांग्रेसले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार र वडा नं १३ का वडाध्यक्ष गणेश केसी, सुशील सापकोटा, जितेन्द्र गजुरेललगायत कांग्रेसमा प्रवेश गरेका थिए ।

Advertisement Banner
Previous Post

काँग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

Next Post

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

Editorial Team

Editorial Team

Next Post
जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

जनमत वाङमय प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गर्यो

Recommended

Nepal: Election Commission proposes general elections on November 18

Election Commission spells out PR disqualification criteria

8 months ago
पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

पश्चिम तराईको हवाई सेवा हुस्सु-कुहिरोले प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै

8 months ago

Don't Miss

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

Gagan Kumar Thapa says BP Koirala’s ideas should not be interpreted to suit personal interests

August 16, 2026
Nepali Congress dissident faction passes 5 reports with amendments

Nepali Congress dissident faction passes 5 reports with amendments

August 16, 2026
Indian Army chief arrives in Kathmandu for four-day visit

Indian Army chief arrives in Kathmandu for four-day visit

August 16, 2026
Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.