टीका शिवाकोटी आचार्यको ‘भुइमान्छे’ कवितासंग्रह लोकार्पण

सुनसरी इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको प्रथम कवितासंग्रह ‘भुइमान्छे’ लोकार्पण गरिएको छ । प्रदेश एकका पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।
सामाजिक, आर्थिक, राजनीतिक र संस्कृतिकसहित मानिसबीचको मायापिरति जीवनमा आउन सक्ने परिवर्तन र सोचलाई कवितासंग्रहमा समेटिएको लेखकले बताउनुभयो । कृतिमाथि समीक्षा गर्दै साहित्यकार डम्बरुबल्लभ भण्डारी, शिवनारायण पंडित (सिंगल) लगायतले संग्रह समय सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।
समीक्षक टीका मिलनले साहित्यकार आचार्यका कविता मिठा, सरल र भावपूर्ण बुझ्न सकिने खालका रहेको बताउनुभयो ।

प्रमुख अतिथि तथा एमाले नेता भिमप्रसाद आचार्यले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न, सामाजिक विकृति विसंगति उजागर गर्न कृति सफल रहेको बताउनुभयो । राजनीतिलाई समेत सचेत पार्न साहित्य पुस्तक सफल हुने विश्वास उहाँको थियो ।

 

Comments are closed.