आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरेर मनाइएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेल लगायतले सालिकमा माल्यार्पण गरेर विकलको सम्झना गरे ।
सोही अवसरमा प्रतिष्ठानको कार्यालय परिसरमा रहेको विकलको सालिकमा पनि माल्यार्पण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसाल, ललितकला प्रतिष्ठानका कुलपति कर्माचार्य, प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव पौडेल, विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव विजय चालिसे, अरुणिमा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेलगायतले विकलले नेपाली आख्यान, चित्रकला र समाजसेवा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।
सो अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको स्थलगत कविता लेखन प्रतियोगिता र नव अरुणिमा विद्यालयले आयोजना गरेको स्थलगत चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका थिए । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए ।
साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गरेका हुन् । छोरा विजय चालिसे र महेन्द्र चालिसेको प्रस्तावमा पाँच आना जग्गामा बनेको पुख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । विसं २०६५ पुस २ गते विकलको निधन भएको थियो ।
Trending Now
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
- The Crepe Myrtle and Summer of Blooms, Two Poems by Ranjit K. Sahu
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
Comments are closed.