गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतका विभिन्न पाँच शहरमा सम्पन्न भएको छ । भारतमा खुडी, सडक र सङ्घर्ष नाम दिइएको कार्यक्रम कार्तिक १ गते गुजरातको सुरतबाट सुरु भएको थियो । उक्त कार्यक्रम कार्तिक ३ गते गुजरातकै भरुच, ६ गते तेलङ्गानाको हैदरावादमा, १० गते महाराष्ट्रको पुणे र १३ गते मम्बईमा सम्पन्न भएको हो ।
कार्यक्रमको संयोजन गुजरातमा उर्जावान युवा समुह, हैदरावादमा सुदुरपश्चिमेली नेपाली समाज, हैदरावाद, पुणेमा सिर्जनशील बचत समुह, पिम्पीरी र मुम्बईमा मनका लहर साहित्य मञ्च भारत र सृष्टी मनि ट्रान्सफरले गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम भइरहने भारतमा साहित्यको कार्यक्रम विरलै हुने गरेका छन् । परदेशमा बसेर साहित्य सिर्जना गरिरहेका साहित्यप्रेमीहरूको सकृयतामा कार्यक्रम सम्पन्न भएका हुन् ।
आइतबार मनका लहर साहित्य मञ्च भारत र शृष्टी मनि ट्रान्सफरको सहकार्यमा मुम्बईको सायन सम्पन्न कार्यक्रममा गजलकार सङ्घर्षका गजलकृति खुडी र सडकलाई स्वागत तथा सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा विशेष वाचक कमल सङ्घर्षले नेपाली भाषा र अछामी भाषामा लेखिएका २ दर्जन गजलहरू सुनाएका थिए । मुम्बई मेहफिलमा मुम्बई आसपासका १ दर्जन बढी अन्य श्रष्टाले समेत रचना सुनाएका थिए ।
पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय रहेका सङ्घर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादक समेत हुन् । उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो
।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.