Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गभर्नरको सुरक्षामा भारतमा पूर्वराजा, हप्ताभन्दा लामो छलफलमा

Editorial Team by Editorial Team
December 21, 2025
in Nepal, News
0
गभर्नरको सुरक्षामा भारतमा पूर्वराजा, हप्ताभन्दा लामो छलफलमा
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भारतमा छन्। भारतको सिलगुडीमा रहेका पूर्वराजा यही पुस २ गते दमक हुँदै सिलिगुडी पुगेका हुन्।
पूर्वराजा १-२ दिनमै फर्किहाल्ने संकेत छैन। भारत सरकारको सरकारी पाहुनाको हैसियतमा उता रहेका पूर्वराजा कति दिन भारतमा रहन्छन् भन्ने समेत स्पष्ट छैन। तर, उनको यो १ हप्ताभन्दा लामो हुनसक्ने भ्रमणले नेपालको राजनैतिक वृत्तमा तरंग ल्याउन सक्ने अनुमान गरिएको छ।
स्रोतका अनुसार पूर्वराजालाई भारत सरकारले उच्च सम्मानसहित सरकारी पाहुनाको रुपमा राखेको छ। पूर्वराजा सिलिगुडी जाँदा भारत प्रवेश गरेसँगै पश्चिम बंगालका गभर्नरले उनलाई सुरक्षा दिएर लगेका थिए। अहिलेसम्म पनि पूर्वराजा गभर्नरले उपलब्ध गराएको सुरक्षा स्कर्टिङको बीचमा हिँड्छन्। सिलिगुडीमा नेपालको राजनीतिक अवस्थाका विषयमा गम्भीर छलफल भएको बताइएको छ।
नेपालमा फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ। तर, त्यही मितिमा निर्वाचन हुनेमा आशंका बढेको छ। पछिल्लो समय प्रमुख राजनैतिक दलहरु समेत त्यही मितिमा निर्वाचनमा जानेगरी तयारीमा छैनन्। दलहरुले निर्वाचनमा जाने त भनेका छन् तर फागुन २१ कै निर्वाचनमा जाने स्पष्ट कुरा गरेका छैनन्।
पर्याप्त तयारी नभएको र सुरक्षा चुनौती बढी भएका कारण सरकार पनि निर्वाचन केही समय सार्ने पक्षमा ढल्किएको बालुवाटार बताउँछ। निर्वाचित सरकार विस्थापित गर्नेगरी विद्रोह गरेका युवाहरुको अगुवाको रुपमा सक्रिय रहेका सुधन गुरुङले पनि केही दिनअघि अहिलेकै अवस्थामा फागुन २१ मा निर्वाचन हुन नदिने बताइसकेका छन्।
देशमा सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढिरहेको र निर्वाचन समेत तोकिएकै मितिमा हुने कुरामा आशंका बढेको बेला पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसमाथि केही दिनअघि राजसंस्थाको वकालत गरिरहेका दुर्गा प्रसाई र प्रधानमन्त्री सुशीला कार्कीबीच कुराकानी भएको हल्ला बाहिरिएपछि माहोल झनै तातेको छ।
उता नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त रुपमा प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च जाने तयारी गरिहेका बेला मुलुकमा चुनाव हुने कि नहुने भन्नेमा अन्योलता कायमै छ। यसअघि एक्ला एक्लै पुनःस्थापनाको माग लिएर सर्वोच्च पुगेका दुई दल अब संयुक्त रुपमा यो माग लिएर सर्वोच्च जाने तयारीमा छन्।
सरकारलेृ भने तोकिएको समयभित्र चुनाव हुन नसक्ने विश्लेषण गर्दै चुनावको मिति सार्ने गृहकार्य गरिरहेको स्रोतले जनाएको छ। चुनाव गराउने एकमात्र कार्यभार रहेको सरकारले २१ फागुनमा निर्धातिर चुनावको मिति सार्ने गरी तयारी थालेको बताइएको छ। तर अन्य राजनीतिक दलले भने तोकिएकै मितिमा चुनाव गर्नुपर्ने माग राख्दै आएका छन्। विशेष गरी नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव गराउन सरकारलाई जस्तो पनि सहयोग गर्न तयार रहेको बताएका छन्।
चुनावमा लागि नेपाली कांग्रेसले पनि तयारी गरिरहेको छ। उता एमाले सार्वजनिक रुपमा संसद पुनःस्थापनाको पक्षमा रहेपछि आन्तरिक रुपमा चुनावको तयारी गरिरहेको छ। यसरी हेर्दा अब चुनाव गराउने सम्पूर्ण जिम्मा सरकारको हो। सरकारले पनि तयारी गरिरहेको बताइएको छ। तर चुनावको वातावरण नबनेको भन्दै सरकारको आलोचना मात्रै हुने गरेको छैन, वर्तमान सरकारको विकल्पका विषयमासमेत छलफल सुरु भएको छ।
वर्तमान सरकारले चुनाव गराउन नसक्नेृ अवस्थामा अन्य स्वतन्त्र व्यक्तिको नेतृत्वमा सर्वपक्षीय सरकार गठन गरेर चुनाव गराउनु पर्ने भन्दै छलफल सुरु भएको छ। जसका लागि केही नामका विषयमा चर्चासमेत सुरु भएको छ।
देशभित्र सर्वस्वीकार्य हुने र छिमकै शक्तिलेसमेत स्वीकार गर्ने व्यक्ति भन्दै यतिबेला पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र चोलेन्द्र समशेर राणाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने भन्दै छलफल सुरु भएको बताइएको छ। उनीहरु आ-आफ्ना च्यानलमार्फत आफ्नो पक्षमा सहमति जुटाउन सक्रिय भएका छन्। यस्तो बेलामा पूर्वराजा ज्ञानेन्द्रको सिलिगुडी भ्रमणलाई महत्वका साथ हेरिएको छ।

Advertisement Banner
Previous Post

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेसँग बिदाइ भेट गरे

Next Post

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई

Editorial Team

Editorial Team

Next Post
नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई

Recommended

Confederation of Nepalese Industries urges political parties to focus on economy in election manifestos

Confederation of Nepalese Industries urges political parties to focus on economy in election manifestos

4 months ago
बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.