Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

‘कोसी साहित्य-कला परिषद् नेपाल’ले गर्‍याे ‘किसानसँग सिर्जना संवाद’

Editorial Team by Editorial Team
December 21, 2025
in Literary Festival & Event, Literature, Nepal, News
0
‘कोसी साहित्य-कला परिषद् नेपाल’ले गर्‍याे ‘किसानसँग सिर्जना संवाद’
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ- कोसी साहित्य–कला परिषद् नेपाल’ ले ‘किसानसँग सिर्जना संवाद’ गरेको छ। रङ्गेली साहित्य कला समाज, मोरङकाे सहआयोजना र रङ्गेली नगरपालिकाको सहकार्यमा कार्यक्रम भएको हो।
सहआयोजक रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेको अध्यक्षता र वरिष्ठ साहित्यकार डा. छवि वैरागी घिमिरे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
उक्त कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गाबहादुर कार्की लगायतको उपस्थिति थियो
उक्त कार्यक्रममा विशेष गरेर उक्त कार्यक्रममा बबियाविर्ताका किसानहरूको बाक्लो उपस्थिति रहेको थियो।
कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ सञ्चालनमा भएकाे कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, चन्द्रप्रसाद आचार्य, प्रकाश भट्टराई, शैलेन घिमिरे, रूपनारायण श्रेष्ठ, जुनु बुढाथोकी, टीकालाल धिमाल, मोतीराम ढुङ्गाना, किरण उप्रेती, राम नरेश झा, एलिसा विष्ट, डम्बर खड्का लगायतले रचना वाचेका थिए।
कार्यक्रममा कृषक र कृषिकर्म सम्बन्धी रचना मात्र वाचन गरिएका थिए। उक्त अवसरमा गीतसङ्गीतका अतिरिक्त सन्थाल जातिको सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। विभिन्न मातृभाषाका रचनासमेत प्रस्तुत भएका थिए।
रङ्गेली नगरपालिका १ नं वडा, बबियाविर्ता, हाटखोला (साहित्यचोक), मोरङमा सम्पन्न कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले कृषिकर्म, केशु विरहीले किसान र साहित्यको अन्तरसम्बन्ध र रङ्गेली साहित्य कला समाजका निवर्तमान अध्यक्ष रमेशचन्द्र अधिकारीले वाचित रचनाबारे टिप्पणी गरेका थिए।
कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन्।
पछिल्लो समय नेपाली साहित्य सहर केन्द्रित जस्तो बन्न पुगेको, साहित्यका पाठक बजारमा भन्दा गाउँमा बढिरहेको थाहा पाएर नै आफूहरूले साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउन कार्यक्रम गरेको संस्थाका अध्यक्ष केशु विरही बताउँछन्।
प्रमुख अतिथि तथा सबै अतिथिलाई भुइँमै बसाइएको थियो। साधारण किसिमबाट सञ्चालन गरिएको यस प्रकारको कार्यक्रमबारे प्रमुख अतिथि तथा वक्ताले खुलेर प्रशंसा गरेका थिए।

Advertisement Banner
Previous Post

पाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ : मन्त्री खरेल

Next Post

ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

Recommended

मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी

मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी

4 months ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepal: Budget spending for national pride projects remains slow in FY 2025/26

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.