श्रेष्ठको ‘भाग र भोग’ लोकार्पण

काठमाडौँ—नेपालका पश्मिना व्यवसायका अगुवा एव समाजसेवी शिवकुमार श्रेष्ठको जीवन र उद्यम अनुभवको संस्मरण कृति ‘भाग र भोगः मल्लाजतिर फर्केर’सार्वजनिक गरिएको छ ।
पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठ, प्रभु बैंकका कार्यकारी प्रमुख अशोक शेरचनसहित उपस्थित आयोजित एक समारोहमाझ गत शनिबार कृतिको विमोचन भएको थियो ।
७२ वर्षअघि पर्वतको मल्लाजमा जन्मिएका श्रेष्ठले संघर्षका क्रममा काठमाडौंमा पश्चिमा स्वाद र शैलीको यिङयाङ रेष्टुरा खोलेकोदेखि धौलागिरी पश्मिनाको ब्रान्डिङ स्थापित गरेका थिए ।
रत्न पुस्तक भण्डारले प्रकाशित गरेको कृतिमा ‘भाग र भोग’ कृतिमा लेखक श्रेष्ठका समकक्षी एवं मुख्य सचिव शंकर बैरागीले ‘आफ्नो थातथलो मल्लाजलाई सम्झँदै समाजसेवाका साथै नेपालकै प्रतिष्ठा बढाउने गरी पश्मिना व्यवसायमा नामकाम देखाएको’ टिप्पणी गरेका छन् ।
कृतिमा लेखकले पश्मिना व्यवासय प्रवर्द्धन गर्न भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकहरुमा गरेको दौडधुप तथा नेपालको उद्यम बजारका बारेमा समेत लेखेका छन् ।

 

Comments are closed.