Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता

Editorial Team by Editorial Team
December 23, 2025
in Nepal, News
0
सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं, एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोमबार काठमाडौंमा एमसीए-नेपालले पूर्व पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरी सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
यसैगरी, एमसीए-नेपालले उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग पनि सम्झौता गरेको छ ।
आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिएका छन् ।
उक्त सम्झौता कार्यले व्यापार र सवारी सञ्चालन लागत घटाउने तथा सडक सुरक्षामा सुधार गर्ने विश्वास लिइएको उनले बताए । त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिबिम्बित हुने अर्को उपलब्धि भएको बताए ।
अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले भने, ‘नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतको मार्गप्रशस्त भएको छ र एमसीए-नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको छ ।’

Advertisement Banner
Previous Post

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

Next Post

बंगलादेशका शेख हसिनाविरोधी नेतालाई गोली हानियो

Editorial Team

Editorial Team

Next Post
बंगलादेशका शेख हसिनाविरोधी नेतालाई गोली हानियो

बंगलादेशका शेख हसिनाविरोधी नेतालाई गोली हानियो

Recommended

“राजीनामाको सुनामी: विश्वविद्यालयहरूमा प्राज्ञिक संकट कि राजनीतिक शुद्धीकरण?”

“राजीनामाको सुनामी: विश्वविद्यालयहरूमा प्राज्ञिक संकट कि राजनीतिक शुद्धीकरण?”

4 months ago
Nepal reports 62 new cases of COVID-19 with no fatalities in the past 24 hours

Nepal reports 62 new cases of COVID-19 with no fatalities in the past 24 hours

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.