Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

कविशिरोमणि लेखनाथ पुरस्कार छन्दनायक माधव वियोगीलाई

Editorial Team by Editorial Team
December 23, 2025
in Awards, Literature, Nepal, News
0
कविशिरोमणि लेखनाथ पुरस्कार छन्दनायक माधव वियोगीलाई
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पोखरा- पोखरेली स्रष्टा तथा छन्दनायक माधव वियोगीलाई २०८२ सालको कविशिरोमणि लेखनाथ पुरस्कार प्रदान गरिने भएको छ । लेखनाथ पुस्तकालय, चन्द्रगढी झापाद्वारा सञ्चालित उक्त पुरस्कार वियोगीले लामो समयदेखि छन्द बचाऔँ अभियान र महाकाव्य लेखन अभियानमा संलग्न रही छन्द र महाकाव्यको पुनर्जागरणमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै प्रदान गर्न लागिएको हो ।

लेखनाथ पुस्तकालयको हालै बसेको कार्यसमिति बैठकले वियोगीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुस्तकालयका सचिव हरिकिशोर आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार हरेक वर्ष राष्ट्रियस्तरमा एक जना विशिष्ट साहित्य साधकलाई प्रदान गरिँदै आएको यस पुरस्कारको राशि ४१ हजार रुपैयाँ रहेको छ ।
यसअघि कविशिरोमणि लेखनाथ पुरस्कार मोक्ष खतिवडा (झापा), भवानी खतिवडा (काठमाडौं) र भावना खनाल (पाल्पा) ले प्राप्त गरिसकेका छन् । पुरस्कारसम्बन्धी जानकारी पुस्तकालयसँग आबद्ध प्रा. होम सुवेदीले दिनुभएकाे हाे ।
छन्द दिवसका प्रणेतासमेत रहेकाे पुरस्कृत व्यक्तित्व माधव वियोगी जनप्रिय बहुमुखी क्याम्पस, पोखराका पूर्व प्रमुख हाे । विभिन्न शैक्षिक संस्थामा लामो समय सेवा गरेपछि उहाँ हाल सेवानिवृत्त जीवन बिताइरहनुभएकाे छ।
छन्द विश्वविद्यालय स्थापनाका लागि सक्रिय वियोगीका हालसम्म १० महाकाव्य, ८ खण्डकाव्य, २ कवितासङ्ग्रहसहित गीत, गजल, मुक्तक, निबन्ध, उपन्यास, कथा र समालोचना विधामा ४२ कृति प्रकाशित छन् ।
उक्त पुरस्कार यही पुस २६ गते लेखनाथ पुस्तकालयको स्थापना दिवस तथा लेखनाथ जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ ।

Advertisement Banner
Previous Post

नेपाल बार एशोसिएशनले ७०औँ स्थापना दिवस मनाईयो

Next Post

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

Editorial Team

Editorial Team

Next Post

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

Recommended

Chinese tourist arrivals fall short despite ‘Visit Nepal Year in China’ push

Nepal received 71,775 foreign visitors in July 2026, marking a 2.3 percent increase

1 week ago
ByteDance to sell over 80% of US TikTok assets to American and global investors

ByteDance to sell over 80% of US TikTok assets to American and global investors

8 months ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.