काठमाडौं । २०७९ कार्तिक २७ गते । जन्ममितिका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो | देवकोटा सङ्ग्रहालमा “महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विशेष विचारगोष्ठी” सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र सखी प्रतिष्ठानको सहकार्यमा आयोजित सो कार्यक्रम प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको अध्यक्षता तथा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती, निमित्त कुलपति डा. जगमान गुरुङ, सखी प्रतिष्ठानका सल्लाहकार राधेश्याम लेकाली, अध्यक्ष मन्जिला अनिल, प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा डा. नारायण चालिसेले “महाकवि देवकोटाका कृतिहरुमा प्रतिबिम्बित पौरस्त्य दर्शन” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले देवकोटाका गीतहरु गाउनु भएको थियो ।
Trending Now
- सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा
- NASA unveils new crew for space mission
- More than one lakh tourists came to Nepal in March
- आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ
- धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै
- पत्रकार रजकलाई गोली नलागेको पुष्टि
- निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही
- तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार
- काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
- म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
Comments are closed.