Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक चान मन सिङ पक्राउ

Editorial Team by Editorial Team
December 28, 2025
in Nepal, News
0
क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक चान मन सिङ पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिवन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सञ्चालक ७५ वर्षीय CHAN MAN CHYING हुन् ।
ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी हुने गरेको खुलासा केही दिनअघि प्रहरीले गरेको थियो । उक्त आरोपमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका थिए ।
क्यासिनोका नेपाली सञ्चालक सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको बताएको प्रहरीले आज चिनियाँ लगानीकर्ता पक्राउ परेका हुन् । उनी उक्त क्यासिनोका मुख्य सञ्चालक रहेको प्रवक्ता भट्टराईले बताए ।
उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडित ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलनमा बताएका थिए ।
ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याएको पाइएको थियो । आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो ।
ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरी सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको थियो ।
पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रूपैयाँ, चिप जडित तास, लेन्स, हवाई टिकटलगायतका सामान बरामद गरेको छ । वाल्डो क्यासिनोले समेत कानून उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

Advertisement Banner
Previous Post

Proportional Representation list: 40 names from Balen Shah’s camp agreed

Next Post

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि

Editorial Team

Editorial Team

Next Post
६ राजनीतिक दल खारेज

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal will take part in 23 sports disciplines in the 19th Asian Games to be held in Hangzhou, China from September 10-25

4 years ago
अनेसास अध्यक्ष पौडेललाई  काठमाडौँमा स्वागत

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.