Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

डि एस ए स्टार २०२५ सिजन-१८’को फिनालेमा विधागत उपाधि

Editorial Team by Editorial Team
December 28, 2025
in Entertainment, Nepal, News
0
डि एस ए स्टार २०२५ सिजन-१८’को फिनालेमा विधागत उपाधि
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

‘

काठमाडौं – परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन-१८’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् ।
प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधी पुडासैनी विजेता बन्दा तेजस्वी जोरा ‘फस्ट रनरअप’, सुजयना गहतराज ‘सेकेण्ड रनरअप’, अपिल पन्त ‘थर्ड रनरअप’, विपास्ना ढुंगाना ‘फोर्थ रनरअप’, हिमांशी श्रेष्ठ ‘फिफ्थ रनरअप’ र यशोदा राउत ‘सिक्स्थ रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जित्दा काव्या पौडेल ‘फस्ट रनरअप’, अभिश्री तामाङ ‘सेकेण्ड रनरअप’, लिओना आले मगर ‘थर्ड रनरअप’, निभन्या प्याकुरेल ‘फोर्थ रनरअप’, आरजु श्रेष्ठ ‘फिफ्थ रनरअप’, प्रनिशा पन्त ‘सिक्स्थ रनरअप’, अनन्या चन्द ‘सेभेन्थ रनरअप’ र आराध्या घिमिरे ‘एट्थ रनरअप’ बने ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ अभियान गिरी विजेता बन्दा प्रियांशी सापकोटा ‘फस्ट रनरअप’, सोफी चापागाईं ‘सेकेण्ड रनरअप’, स्मृति अधिकारी ‘थर्ड रनरअप’, आरुषी घले ‘फोर्थ रनरअप’, पासाङ तामाङ ‘फिफ्थ रनरअप’, अनन्या घले ‘सिक्स्थ रनरअप’, योजन रेग्मी ‘सेभेन्थ रनरअप’ र रज्जा सापकोटा ‘एट्थ रनरअप’ भए ।
यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ विमर्शराज थापाले शीर्ष उपाधि चुम्दा आश्ना खत्री ‘फस्ट रनरअप’, अन्श आचार्य ‘सेकेण्ड रनरअप’ र अदिती खड्का ‘थर्ड रनरअप’ भए ।
यस्तै ‘प्री–टिन सिङगिङ स्टार’ तर्फ आयुष पौडेलले उपाधि जित्दा सगिष्ता राना मगर ‘फस्ट रनरअप’, सोनिया सिन्जाली ‘सेकेण्ड रनरअप’ र सम्पदा उप्रेती ‘थर्ड रनरअप’ बने ।
‘एक्टिङ स्टार’ तर्फ आरोहण रिजालले शीर्ष उपाधि चुम्दा सियोना अर्याल ‘फस्ट रनरअप’, निलग्रिभ खतिवडा ‘सेकेण्ड रनरअप’ र अनामिका रिजाल ‘थर्ड रनरअप’ भए । आयोजकका अनुसार प्रतियोगितामा सहभागी एक सयजना बालबालिकाले वसुन्धरास्थित साउथ वेस्टर्न स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकमा गायन सपन श्रेष्ठ, कलाकार विनोद श्रेष्ठ र कोरोना स्कुलकी संस्थापक प्रिन्सिपल देविना श्रेष्ठ महर्जन थिए । कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय श्रष्टा सम्मान २०८२’ ले सम्मान गरिएको थियो ।
हर्लिस नेपालको प्रमुख प्रायोजन र नेपाल टेलिकम टेलिकम पार्टनर रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगमको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताइन् ।
हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको बताए ।

Advertisement Banner
Previous Post

वागमती सफाइमा करोडौँ खर्च, समितिको प्रभावकारितामाथि गम्भीर प्रश्न

Next Post

राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गर्यो कांग्रेसले

Editorial Team

Editorial Team

Next Post
राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गर्यो कांग्रेसले

राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गर्यो कांग्रेसले

Recommended

Indian Embassy in Nepal gifted 75 ambulances to various organizations and 17 buses to various schools

Indian Embassy in Nepal gifted 75 ambulances to various organizations and 17 buses to various schools

4 years ago
India’s Foreign Minister Jaishankar hits back at unfair criticism on Indian oil purchase from Russia

India’s Foreign Minister Jaishankar hits back at unfair criticism on Indian oil purchase from Russia

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.