काठमाडौं— नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति तथा पूर्वराष्ट्रपतिका छोराछोरीसमेत परेका छन् ।
कांग्रेसले खस आर्य महिलातर्फ राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेललाई समानुपातिक सूचीमा समेटेको हो । संज्ञा कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।
त्यसैगरी, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेसी पुरुषतर्फ समानुपातिक उम्मेदवारको रूपमा सूचीमा राखिएको छ। चन्द्रमोहन कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।






