Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

परराष्ट्रमन्त्री शर्मा बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी

Editorial Team by Editorial Team
January 1, 2026
in Feature, Nepal, News
0
परराष्ट्रमन्त्री शर्मा बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन्। पूर्वप्रधानमन्त्री जियाको उपचारका क्रममा यही पुस १५ गते ८० वर्षको उमेरमा निधन भएको हो।
बङ्लादेशको ढाकामा आज परराष्ट्रमन्त्री शर्माले पूर्वप्रधानमन्त्री जियाको पार्थिव शरीर राखिएको समाधिस्थल पुगेर नेपाल सरकारकोतर्फबाट पुष्पगुच्छा अर्पण गर्नुभएको बङ्लादेशस्थित नेपाली दूतावासले जनाएको छ।
परराष्ट्रमन्त्री शर्माले जियाका पुत्र तथा बङ्गलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेटगरी नेपाल सरकार तथा नेपाली जनताकोतर्फबाट समवेदना व्यक्त गरेका थिए। सो अवसरमा मन्त्री शर्माले पूर्वप्रधानमन्त्री जिया बङ्गलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशिष्ट राजनेत्री रहेको उल्लेख गरे।
जवाफमा रहमानले अन्त्येष्टिमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकामा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको उत्कृष्ट मित्रता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।
आजै दिउँसो परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार महामहिम प्रा डा मुहम्मद युनुससँग शिष्टाचार भेट गरेका थिए। सो अवसरमा उनले नेपालका प्रधानमन्त्री सुशीला कार्कीबाट स्व जियाको निधनप्रति समवेदना व्यक्त गरिएको सन्देश प्रमुख सल्लाहकारलाई हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्रीको सन्देशमा जियाले विशेषगरी आफ्नो तीन कार्यकालको प्रधानमन्त्रीत्वकालमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको कृतज्ञतापूर्वक स्मरण गरिएको छ। परराष्ट्रमन्त्री शर्माले स्व जियालाई बङ्गलादेशको विकास र समृद्धिमा पुर्‍याएको योगदानका साथै क्षेत्रीय सहकार्य र ऐक्यबद्धताको प्रवल पक्षपोषकका रूपमा सधैँ सम्झिइने उल्लेख गरेका थिए।
प्रमुख सल्लाहकार युनुसले बङ्गलादेशको स्वतन्त्रतापछि विभिन्न कठिन समयहरूमा समेत बङ्गलादेश सरकार र जनताप्रति नेपालले देखाउँदै आएको सच्चा मित्रता र निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे। भेटका क्रममा दुवै पक्षले नेपाल–बङ्गलादेश सम्बन्धको उत्कृष्ट अवस्थाबारे चर्चा गर्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यटन तथा जनस्तरको आदानप्रदानलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने उपायहरूबारे विचारविमर्श गरेका थिए।
परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार एमडी तौहिद होसैनसँग पनि भेटगरी व्यक्तिगत समवेदना पत्र हस्तान्तरण गरेका थिए। परराष्ट्र सल्लाहकार होसैनले अन्त्येष्टिमा सहभागी भएकामा परराष्ट्रमन्त्री शर्मालाई धन्यवाद दिँदै सबै अवसरमा नेपाल सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति प्रशंसा व्यक्त गरेका थिए। यही पुस १५ गते बङ्गलादेश प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री शर्मा भोली दिउँसो ढाकाबाट काठमाडौं प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Advertisement Banner
Previous Post

प्रचण्डद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त

Next Post

प्रेस स्वतन्त्रता हनन‍्का घटनामा वृद्धि : नेपाल पत्रकार महासङ्घ

Editorial Team

Editorial Team

Next Post
प्रेस स्वतन्त्रता हनन‍्का घटनामा वृद्धि : नेपाल पत्रकार महासङ्घ

प्रेस स्वतन्त्रता हनन‍्का घटनामा वृद्धि : नेपाल पत्रकार महासङ्घ

Recommended

Nepal’s real estate sector continues to weaken, leading to a decline in government revenue

Nepal: Infrastructure fund raises Rs 120.7 million after protests

9 months ago
Construction begins on Rs 25 billion Lower Seti hydropower project

EIA reports made public for 11 hydropower projects in first half of fiscal year

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.