रसुवा– रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ ।
बाढीका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पक्की पुल बाढीले बगाएपछि गत २४ असारदेखि रसुवागढी नाका ठप्प थियो । रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध थियो ।
चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने, भारवहन क्षमता बढी भएका सवारीसाधन पठाउन र ल्याउन भने सकिएको छैन ।






