Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

उत्तम भट्टराईको ‘समय’ बजारमा

Editorial Team by Editorial Team
January 2, 2026
in Entertainment, Nepal, News
0
उत्तम भट्टराईको ‘समय’ बजारमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक गरिएको छ।
क्यानडामा बस्दै आएका गीतकार तथा गायक उत्तम भट्टराईको गीत र स्वर, वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीतमा तयार भएको गीतमा मनोहर सोनामको एरेन्ज रहेको छ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको भिडियोमा मुख्य कलाकार पन्त छन्। भिडियोमा पन्तका अलावा विकास लामिछाने, लिसा क्षेत्री (बर्नवाल), प्रमीला रुपाखेती र बाल कलाकार प्रवेश पौडेलको अभिनय छ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायाङ्कन र मीन रावलको सम्पादन रहेको छ। गीतमा भोला पौडेलको रेकर्डिङ तथा किशोर थापाको मिक्सिङ, माष्टरिङ रहेको छ।

सङ्गीतकार वल्लभले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा समयानुकूल गीत संगीतप्रेमीहरु माझ ल्याउन पाउँदा खुसी व्यक्त गरे। कलाकार पन्तको कम ब्याक अभिनय हो भने ३५ वर्ष लामो अभिनय कालकै पहिलो म्युजिक भिडियो हो।

कलाकार पन्तले भने, ‘सदाबहार गीतको भिडियाबाट अभिनयमा कम ब्याक गर्न पाउँदा खुसी छु।’ निर्देशक रुपाखेतीले माया पिरतीका कथामा भिडियो निर्देशन गरिरहे पनि जीवन्त सिर्जनामा काम गर्नुलाई सुखद अध्यायको रूपमा लिएको बताए।

‘समय अनुसारको परिवर्तनको विषयलाई गीतलाई न्याय गर्ने गरी सृजनशीलता प्रयोग गरेको छु। भिडियो हेर्दा कहिँकतै बोर फिल हुँदैन भन्ने लाग्छ,’ उनले भने।

रुपाखेतीले हजार प्लस भिडियो निर्देशन गरिसकेका छन्। भिडियो सार्वजनिक कार्यक्रममा एरेन्जर मनोहर सोनाम, मोडल लिसा क्षेत्री (बर्नवाल) लगायतको उपस्थिति रहेको थियो।

Advertisement Banner
Previous Post

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

Next Post

विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताए

Editorial Team

Editorial Team

Next Post
विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताए

विशेष महाधिवेशन पक्षधरहरूले अब अरू कुनै विकल्प नरहेको बताए

Recommended

Gaurav Khanna Wins Bigg Boss 19, Lifts Trophy and Rs 50 Lakh Prize

Gaurav Khanna Wins Bigg Boss 19, Lifts Trophy and Rs 50 Lakh Prize

3 months ago
Ukraine President VolodymyrZelensky to deliver special virtual address today at 19th ShangriLa Dialogue security summit o

Ukraine President VolodymyrZelensky to deliver special virtual address today at 19th ShangriLa Dialogue security summit o

4 years ago

Don't Miss

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.