Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

himalaya Diary News Service by himalaya Diary News Service
April 8, 2022
in Awards, Literary Festival & Event, Literature, Nepal
0
नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

२३ चैत्र, नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले वि. सं. २०७६ र २०७७ सालका बालसाहित्य, साहित्य र लोकगीत गायनका क्षेत्रमा सिर्जनारत विभिन्न प्रतिभाहरूलाई काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत र सम्मानित गरेको  छ। समारोहका प्रमुख अतिथि एवम् सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुठीको स्थापनाकालदेखि नै प्रबन्ध समितिको विभिन्न पदमा रहेर योगदान गर्ने प्रा. गोपीकृष्ण शर्मा तथा गुठीको सदस्यका रूपमा रहेर कार्य गर्ने विद्यानाथ नेपाल, लेखनाथ अधिकारी र क्याप्टेन कमल न्यौपानेलाई सम्मान गर्नुभयो।

त्यसै गरी प्रमुख अतिथि कल्याण श्रेष्ठले वि. सं. २०७६ सालका पुरस्कारहरू क्रमश: नूर-गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार (संयुक्तरूपमा) शारदारमण नेपाल, नुवाकोट र रन्जुश्री पराजुली, काठमाडौँलाई (रु. एक लाख), नूर-गङ्गा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार रामचन्द्र चन्द, गुल्मीलाई (रु. तीस हजार), नूर-गङ्गा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार खेम सेन्चुरी,रूपन्देहीलाई (रु. पच्चीस हजार) र नूर-गङ्गा नवप्रतिभा क्षेत्रीय साहित्य पुरस्कार जोशिका कँडेल, कपिलवस्तुलाई (रु. बीस हजार) अर्पण गर्नुभयो।

यसै गरी प्रमुख अतिथिले २०७७ सालका नूर-गङ्गा स्थापित राष्ट्रिय लोकगायन पुरस्कार कृष्ण कँडेल, सुर्खेतलाई (रु. एक लाख), नूर-गङ्गा स्थापित क्षेत्रीय साहित्य पुरस्कार रामप्रसाद पन्त, गुल्मीलाई (रु. तीस हजार), नूर-गङ्गा नवप्रतिभा राष्ट्रिय बालसाहित्य पुरस्कार विभूति अधिकारी, कैलालीलाई (रु. पच्चीस हजार) र नूर-गङ्गा नवप्रतिभा क्षेत्रीय लोकगायन पुरस्कार श्री अलिफ खान, पाल्पालाई (रु. बीस हजार) अर्पण गर्नुभयो।

सो अवसरमा प्रमुख अतिथि कल्याण श्रेष्ठले नेपाली वाङ्मय तथा लोकगीत गायनका क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई पुरस्कृत गरेर गुठीले स्तुत्य कार्य गरेको बताउनुभयो। कार्यक्रममा गुठीका संरक्षक अमिरप्रताप जबराले आफ्ना मातापिताले स्थापना गरेको संस्थालाई अझै सार्थक ढङ्गले अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा पुरस्कृत, सम्मानित प्रतिभाहरूद्वारा कविता, लोकगीत तथा मन्तव्य प्रस्तुत गरिएको थियो। गुठी प्रबन्ध समितिका सदस्य प्रा. डा. भवेश्वर पंगेनीले अतिथिहरूलाई मन्तव्यले स्वागत गर्नुभएको थियो भने सदस्यसचिव यज्ञप्रसाद शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो। गुठी प्रबन्ध समितिका सदस्य यादव भट्टराईले सञ्चालन गर्नुभएको सो कार्यक्रमका सभापति एवम् गुठीका अध्यक्ष प्रा. डा. चूडामणि बन्धुले आफू स्थापनाकालदेखि नै आबद्ध रहेको र गुठीका गतिविधिलाई अगाडि बढाउन सबैको महत्त्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा कोभिड सङ्क्रमणका कारण स्थगित रहेका दुई वर्षका पुरस्कार र सम्मान एकै पटक प्रदान गरिएको थियो।●

 

Advertisement Banner
Previous Post

नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत-  सम्मानित

Next Post

Nepal reports 12 new COVID-19 cases, 89 recoveries and zero death on Friday

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Brain regions related to smell show decline following mild COVID-19

Nepal reports 12 new COVID-19 cases, 89 recoveries and zero death on Friday

Recommended

Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom cancels Rs 5 billion billing system tender

1 month ago
Boat with over 350 passengers sinks in Philippines, 100 missing

Boat with over 350 passengers sinks in Philippines, 100 missing

1 month ago

Don't Miss

India Congratulates Nepal on Successful Elections, Expects Cooperation with New Government

India Congratulates Nepal on Successful Elections, Expects Cooperation with New Government

March 7, 2026
Ravi Lamichhane Released on Bail

Nepal: Rastriya Swatantra Party leads over 100 constituencies

March 7, 2026
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.