Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

Editorial Team by Editorial Team
January 23, 2026
in Entertainment, Nepal, News
0
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण टोलीले विशेष शैलीमा चलचित्रको मिति घोषणा गरेको छ। चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञ्यान निकेतन’ मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो।
निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ। चलचित्रको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा ‘बाल मनोविज्ञान’ मा आधारित चलचित्र हो । गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो, जसले शिक्षा क्षेत्रको एउटा गहन पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन्। चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन्।
शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन्।
यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने भएको छ ।

Advertisement Banner
Previous Post

‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

Next Post

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

Editorial Team

Editorial Team

Next Post
राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

Recommended

KUKL to suspend services for three days

KUKL to suspend services for three days

4 months ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal waives several charges for international airlines

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.